जगदीश्वर पाेखरेलउता म्याऊँम्याउँ
झुक्यो माथ हाम्रो हिमाली धराको । ठुलो सोर हाम्रो पहाडी चराको ।। उता झुक्छ माथा कुनै छैन ह्याउ । यता गर्छ फुर्ती उता म्याऊँम्याऊँ ।।

जगदीश्वर पाेखरेल :
खुराफात गर्दै कुराले उचाले ।
हँसाए फसाए उनैले मजाले ।।
गरे नम्र बिन्ती फकाए पछारे ।
उतै नून खान्छन् त्यसैले लतारे ।।१
यता डुक्रिदै छन् उता सास दब्छ ।
उता लात हान्छन् यता कष्ट खप्छ ।।
सधैँ पाउ पुज्छन् झुकाएर माथ ।
दिने गर्छ सत्ता उसैको छ हात ।।२
जुटायो फुटायो उसैले कुटायो ।
सबै तीर्थ गङ्गा उसैले उठायो ।।
कुलो खन्न पर्दा उतै भन्न पर्छ ।
कुरा थुत्न वैरी परे फुत्त सर्छ ।।३
नयाँ ठाउँ हेर्दै उडेको छ बाज ।
उसैको इसारा चलेको छ राज ।।
बनी सिंह गर्जे यता देश भित्र ।
उता स्याल बन्दा यता खिच्छ चित्र ।।४
झुक्यो माथ हाम्रो हिमाली धराको ।
ठुलो सोर हाम्रो पहाडी चराको ।।
उता झुक्छ माथा कुनै छैन ह्याउ ।
यता गर्छ फुर्ती उता म्याऊँम्याऊँ ।।५
०००
पाउँदीबजार, लमजुङ
Subscribe
Login
0 Comments
Oldest






































