साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाली संस्कृति

चारजना कलमजीवी चियापसलमा भेट्यो भने लौन आज कल्लाई खुइल्याउने भन्यो । विनाकाम, विना अर्थ मान्छे खुइल्यायो, उस्को पेशा, व्यवसाय जेसुकै भए पनि चोर भनि दियो, डाका भन्यो, गलत भाष्य निर्माण गर्‍यो ।

Nepal Telecom ad

देवीप्रसाद घिमिरे :

जो मानिस आफैँले केही माखो मार्न सक्दैन उसले अरुले गरेको प्रगतिमा उन्नतिमा, इमान्दारीतामा जल्ने हो । आहारिसले भतभती पोलेर जल्दा जल्दै उम्लिन थाले पछि अरुलाई सत्तोसराप गाली गर्ने हो । भएका नभएका कुरा कथुन्याएर कसैलाई खुइल्याउने हो । मानौं त्यस गाली पण्डितको जन्म नै अरुलाई गाली गर्ने हो । गाली होसमा गर्ने गाली बेहोसमा गर्ने गाली महदोसमा गर्ने, गाली सम्पत्तीको जोसमा गर्ने गाली । जसरी हुन्छ कामगर्ने, अगाडि सरेको केही गर्छु भनेर अगाडि बडेको जोसुकै होस जहाँ सुकैहोस चाहिँदा नचाहिँदा बखेडा जोडेर गाली गर्नु हामी हुतीहारा, बेसाहारा परजीवीहरूको संस्कार भैसक्यो । मपाईत्व हाम्रो संस्कृति भैसक्यो ।

बौद्घिक सनातन नैतिक चेतनाको उद्गमस्थल माहामानव गौतम बुद्घको जन्मस्थल, ऋषिमहर्षीहरूको तपोभूमि विश्वकै एक मात्र, स्वतन्त्र, स्भावीमानी देश नेपालमा आज भोलि पराईका गिद्घेनजर लागेका छन् । पराईको साँडे कोठेबारी भित्रै पसेर बालीनाली नास्तै निर्लज्ज डुक्रिन थालेको छ । हाम्रा देशका डेड अक्कली कवि, कलाकार पत्रकार र जो अगुवा त्यही बाटो हगुवा भनेझैका नागरिक समाजका अगुवाहरू समेत मिलेर त्यो छिमेकी साँडेका शालीग्राम सुमसुम्याउँदै उसैको पछि पछि उसैको गुणगान गाएर भजन कीर्तन गाँउदै निर्लज्ज ताण्डवनृत्य गरिरहेछन् । हरियो डलरेघाँसमा चरेर साँडेले उपद्रो मच्चाउँदा पनि गोबरलाई अपुङ्गो ठानेर नसाको उन्मादमा क्वाप खाँदै यो त गुदपाक पो रहेछ भन्दै जिव्रो पड्काई रहेछन् । लाल बुझक्कडहरू उनीहरूकै पछि लागेर ताली ठोकी रहेका छन् । आज देशको चिन्ता गर्नेलाई सत्तोसराप गाली गर्न भाडाका नामधारी मिडिया लागीपरेका छन् । विना पसिना, विना परीश्रम भ्युअर्स बढा्‌एकै भरमा ओछ्यानमै हरियो डलर बर्सिए पछि विचराहरू खेतबारी बाँझै राखेर भए पनि गालीको खेतीमा जुटेका छन् ।

हिजो कस्ले कति गरिव दुःखीको आँसु पुछ्यो । कति पाटीपौवा बनायो । कति धर्मकर्म गर्‍यो, कतिवटा मठमन्दिर, विद्यालय, पाटीपौवा बाटो–घाटो बनायो त्यही मानिस समाजमा पुजनीय बन्थ्यो । हाम्रो सामाजिक संस्कार र मानवीय सदभावको पहिचान छुट्टै थियो, विशिष्ट थियो, उच्च थियो । हिजोका हाम्रा पुर्खाले परोपकार र सतकर्मका पाठ सिकाँउथे । हिजो तन स्वस्थ थियो मन स्वच्छ थियो । हामी स्वतन्त्र थियौँ । हाम्रा पूर्खाले आफ्‌नो समस्या आफैँ समाधान गर्थे । आफ्‌नो स्वाभिमानको रक्षा आफैँ गर्थे । आज आमाहरूले नानीको बोली नफुट्दै नानीलाई गाली गर्न सिकाँउछन् । पिताहरूले पाखुरीको दम्म देखाउन सिकाँउछन् । जन्मदै मोबाइलको लतमा छोराछोरी विगारेर अटिजमको सिकार भए पछि पुपुरोमा हात राखेर पश्चाताप गर्छन । अटिजमको ओखती बजारमा छैन । पश्चताप गरेर मर्नु शिवाय के नै छ र रु समयलाई नचिनेर अरुको बासुरी बन्ने हरूको, न त आफ्‌नो विचार छ रु न धर्म छ रु न त संस्कृति नै छ केवल नसामा लट्टीएर बर्बराँउदै देश जलाउन अघि सर्ने, लाटो सोझा जनताले थोपा थोपा संकलन गरेको पैसा क्वाप्पै खाएर सञ्चय कर्ता (बचत) कर्तालाई लोक्पा खुवाउने अनि यो त अन्याय भयो यसो नगरौँ न भन्यो भने भाडाका साईवर सेना प्रयोग गरेर गालीको खेती गर्ने यो परम्पराले न्याय त मर्‍यो, मर्‍यो, इमान जमान स्वाभिमान समेत बन्दकी राखेर फेरि त्यो अराजक झुण्ड गाली गलौजमा उत्रिएको छ ।

के पुरानो हुँदैमा सबै खत्तम अनि नयाँ हुँदैमा सबै उत्तम हुन्छ रु यहाँ दारी कवि, सारी कवि, सोमरस कवि, निरस कवि सबै गालीकलौजमा उत्रिएका छन् । हिजो सिंहदरवार जलाउन उक्साउनेहरू, सर्वोच्च अदालत जलाउनेहरू आज ठूलै पुरुषार्थ गर्‍यौँ भन्दै जुँगामा ताउ लगाएर यो देश भाडामा लगाउने दाउमा छन् । आ आफ्‌नो दुनो सोझाउन जिन्दावाद र मुर्दावादका नारा घन्काँउदै अनामनगरतिर सेकुवा चपाई रहेका छन् । कामसरो भाँडो आफल तेरो ठाँडो भने झैँ बयासी वर्षका बृद्घलाई सडकमा घिसारेर हुर्मत लिइरहेका छन् ।

उमेरको कदर छैन, अनुभवको कदर छैन, त्यागको कदर छैन सम्पर्णको कदर छैन । छ त सडकमा …चाृर देश छोड …चोर मुर्दावाद । हामी डलरे जिन्दावाद, हाम्रो विचार हाई हाई बुढाखाडा वाई वाई । वा ! युवा ! एकै क्षणमा सारा समर्पण स्वाहा त्याग स्वाहा चिन्तन स्वाहा चेतना स्वाहा चैतन्य स्वाहा केबल क्षणिक स्वार्थसँग देश नसाटिए हुन्थ्यो । नेपाली शिर नझुके हुन्थ्यो । मेरो माटो मेरै कोठेबारीमा भए हुन्थ्यो । फलानो चोर देश छोड । यसपालीको हैजा फलानालाई लैजा ! यस्तै यस्तै गालीहरू कति त छाडा अश्लिल गाली पनि फेसबुकका वालमा छयाप् छयाप्ती पाइन्छन । मेरो फलान्पोक खाने राँडीको छोरा, राँडीको वाहन, टुँ पारेर लैजा आइजन हैजा यस्तै यस्तै, अश्लिल गाली गरेर देश बन्दैन हौँ फेसबुके आधुनिक माहामानवहरू !

सत्य तथ्यको खोजी गरौँ गल्ती गर्नेलाई गाली गरौँ, राम्रो गर्न खोजे प्रोत्साहन गरौँ । ताली ठोकौँ न हुँदैन । देशको सर्वोच्च निकाय कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका दिनदहाडै जलाएर हिड्नेहरूलाई ताली अनि बाटो, घाटो, पुल, पुलेसो विकास निमार्ण, स्वाधिनता, स्वाभिमान राष्ट्र राष्ट्रियता,राष्ट्रिय अखण्डताको रक्षा कसैले गर्छ भने त्यो गालीको पात्र कसरी भयो रु राम्रोलाई राम्रो भनौँ खराबलाई खराब भनौं तर दिग्भ्रमित भएर आचीलाई अपुङ्गो ठानेर क्वाप्प नखानुनै राम्रो होला ।

चारजना कलमजीवी चियापसलमा भेट्यो भने लौन आज कल्लाई खुइल्याउने भन्यो । विनाकाम, विना अर्थ मान्छे खुइल्यायो, उस्को पेशा, व्यवसाय जेसुकै भए पनि चोर भनि दियो, डाका भन्यो, गलत भाष्य निर्माण गर्‍यो । उद्योग धन्दा, संघ संस्था, विद्यालय, कलकारखाना जेसुकै चलाएका स्वरोजगार दातालाई चोर भन्यो । चन्दा माग्यो नदिए धन्दा बन्द गरिदियो । पत्रकारले समाचार बनायो, कविले, कविता, लेख्यो, नेताले भाषण गर्‍यो । समाजले हत्तोत्साहित गरेर त्यस स्वरोजगारदातालाई घर नघाटको बनायो अनि ठूला स्वरले गर्जियो हाम्रो क्रान्ति जिन्दावाद ले ले कान्छा खुकुरी ले –उद्योगीलाई छप्काई दिऊँ ।

कहिल्यै यो स्वरोजगार दातालाई के के समस्या परेका छन् रु यसले कसरी पुँजी पलायन रोक्यो रु युवा पलायन रोक्यो रु यसलाई अझै व्यवस्थित गर्न के गर्नु पर्छ भनेर कस्ले सोच्यो रु बरु … चोर देश छोड भन्दै प्रताडित गरियो । पद प्रतिष्ठा, पैसा र कुर्सी मोहकै निम्ति अरबौं सम्पत्ती जलाएर खरानीमा परिणत भयो । हिलटन होटेल, हायत होटेल, भाटभटेनी सपर मार्केट जलाएर अरबौको क्षति पुर्‍याउँदै, सिंहदरबारमा आगो झोसेर अग्नि उत्सव मनाउने, न्यायको मन्दिर सर्वोच्च अदालत जलाएर हर्षेल्लास मनाउनेहरू प्रहरी चौकी पालिका, वडा कार्यालय, व्यक्तिका घरहरू छानछानी आगो झोसेर पनि नपुगेर गालीका खेतीमा जुटेका आदरणीय गाली पण्डितहरू अब त भो भयो अति भयो । यो राष्ट्रको चिन्ता अब पनि नगरे भोलि खरानीको टीका लगाएर अलख गाएर हिड्नुको विकल्प छैन । बेलैमा सोचौं, देश जलाउनेलाई होइन देश बनाउनेलाई रोजौं ।

शक्तिराष्ट्रले बनाएको डरलाग्दो भाइरस हो सामाजिक सञ्जाल । यसले व्यक्तिको चरित्र हत्या गर्दै, भन्न हुने, भन्न नहुने गाली गर्दै नचाहिंदा भिडियो एआइले क्रियट गरेर व्यक्तिको चरित्रहत्या गर्ने गाली गलौज त्यागौं । सभ्य बनौं । जीवनको सत्य, निष्ठा, स्वाभिमान, राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र राष्ट्र निर्माण गर्ने, राष्ट्र बनाउनेलाई रोजौं । राष्ट्र जलाउनेलाई सही मार्गदर्शन गरौं । यो समय विगार्ने होइन बनाउने हो । सिर्जनाका सम्बाहक नवचेतनाहरू ! तपाईंहरूको काम नव निर्माणमा ईटा थप्दै जाने हो । नवं सिर्जना गर्ने हो । बेथितीको अन्त्य गर्न गाली पुराण त्यागेर ताली पुराणको पुनर्लेखन गर्न ढिला भइसक्यो । अब नाराबाजी छोडेर ताराबाजी गर्दै राष्ट्र र राष्ट्रियताको सवालमा सबैले बोलौं । देश रहेमात्र हामी रहन्छौँ । संस्कृति संस्कार सभ्यता र देश बाँचेमात्र हामी बाँच्ने छौं ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुटतन्त्र जिन्दावाद !

लुटतन्त्र जिन्दावाद !

देवीप्रसाद घिमिरे
हर्कको हर्ष र जेन्जीको भ्रम

हर्कको हर्ष र जेन्जीको...

देवीप्रसाद घिमिरे
आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

देवीप्रसाद घिमिरे
कुसंस्कार

कुसंस्कार

देवीप्रसाद घिमिरे
अक्कलेको अक्कल

अक्कलेको अक्कल

देवीप्रसाद घिमिरे
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x