साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुसंस्कार

तपाईंहरुले कहिल्यै कसैको कुरा पनि सुन्नु भएन, कसैले भनेको पनि मान्नु भएन आज त्यसको परिणाम आफैँ भोग्दै हुनुहुन्छ । यो भाग्यलाई दोष दिने होइन कर्म गर्ने वेला कुकर्म गर्दाको परिणाम हो ।

Nepal Telecom ad

देवीप्रसाद घिमिरे :

उफ– यो मानिसको जीवन पनि खै कस्तो ? के सोचे मैले के भयो ऐले भने जस्तै भएको छ । पहिले बाबुआमाले खोजी दिएको केटालाई वेवास्ता गरेर आफैँ आफ्‌नो आत्मा निर्णयको अधिकार खोज्दै उसले आफ्‌नो सहपाठी गोविन्दसँग प्रेम विवाह गरी । काठमाडौं घरवार भएको धनी वाउको एक्लो छोरो गोविन्दको फूर्ति नै अर्कै सान नै अर्कै गोविन्दका अगाडी जोसुकै आए पनि कहाँको राजाराम कहाँको गनेभण्डारी भन्दै ओठ लेप्रयाँउथी उर्मिला । गाँउबाट डिग्री पढ्न आएकी सुशिल रुपवती उर्मिलालाई देख्नासाथ गोविन्दका आँखा लोभिए । उसले राम्रै प्रलोभन देखाएर उर्मिलालाई फकाउन थाल्यो । कक्षामा सधैं प्रथम हुने, अत्यन्त स्वाभिमानी मृदुभाषी उर्मिलालाई आफ्‌ना बावुआमाले पटक पटक सम्झाएका थिए, छोरी घाँटी हेरेर हाड निल्नुपर्छ है, सुनेको सुख भन्दा भोगेको दुःख भित्रै आनन्द खोज्नु पर्छ ।

सम्बन्ध राख्दा समान हैसियतको घरपरिवार हेर्नु पर्छ नत्र भोलि इर्स्या डाह, जलन, अपमान, घृणामा मानिसले जीवन विताउन पर्छ छोरी ! हाम्रो स्वभाव हतारमा निर्णय गरेर फूर्सदमा पछुताउने हुनु हुँदैन । तिमीले रोजेको केटो कतिको संस्कारी छ ? धनीघरको एक्लो छोरा सहरमा हुर्किएको सम्पत्तिले फुर्किएको, भोलि खुट्टा भए जुत्ता हजार भन्दै हिड्यो भने के गर्ने ? तिमी नै पढेलेखेकी बुझक्क छयौं । एकपटक राम्ररी सोच है छोरी ! व्यवाहर गर्दा समान स्तरको सँग गर्नुपर्छ भनछन । तिमिले के हेरेर उसलाई मनपरायौं ? हामी त के भनौँ र । जुनी विताउने तिमीले हो । हामीले भनेको मान्छ्यौँ भने अझै पनि आफूले चिनेजानेको औकात मिल्ने, पढेलेखेको त्यही सौगातसँग विवाह गर । हामी भोलि तिम्रा आँखामा आशु देख्न चाहान्नौं । तिम्रो खुसीको लागि के राम्रो हुन्छ त्यही गर । आफ्‌ना पिताले हिजो सम्झाएको कुराहरु झलझली सम्झिदै उर्मिला भक्कानिएर कोकिइ, कोकिइ रुदैँ थिइ ।

विवाह गरेको सातादिन नपुग्दै उसको गोविन्दसँग खटपटि बढ्न थाल्यो । सुहागरातकै दिन गोविन्दको चर्तिकला देखेर उर्मिलालाई शङ्का लाग्न थालेको थियो । त्यै पनि विवाह भोजमा उसले मर्दाङ्गी देखाउन अलिअलि पियो होला भन्ने लाग्यो । उसलाई त्यसदिन उसले कुनै प्रतिवाद गरिन । त्यसपछि भोलि पल्ट भोजको बहाना, पर्सिपल्ट भोजको बहाना गर्न थाले पछि उसलाई शङका लाग्न थाल्यो । वास्तवमा गोविन्द लागूपदार्थ दूर्व्यसनमा नराम्रोसँग फसेको केटा पो रहेछ । उसले लुकाई लुकाई नशालु पर्दाथ खाँदो रहेछ । एक्लो छोरो भएर पुल्पुलिएको बाबुले भन्सारको जागिर हुँदा पदको दुरुपयोग गरि पदिय मर्यादा भंग गरी कमाएको अकुत सम्पत्तिले पारिवार नै मात्तिएको रहेछ । घरमा सवैजना सँगै बसेर हिवस्कि, वियर, चुरोट खानु त सामान्य जस्तै रहेछ । सम्झीदै टाउको चर्किएर आउने कहाली लाग्दो पो रहेछ गोविन्दको परिवार त ।

उसलाई दिनै पिच्छे सासुले आधुनिक बन पाखे नबन आउ सँगै बसेर खाऊ भन्दै चुरोट, वियर खान कर गर्थिन, तर उर्मिला चुरोटको गन्धले नै उल्टी गर्न थाल्थिन यो देखेर घरमा उनलाई सवैले पाखे, कुनाली केही नदेखेकी असभ्य आधुनिकता नचिनेको भन्दै गाली गर्थे, घृणा गर्थे । गोविन्दले नशाले लट्ठ भए पछि चुरोटको ठुटाले उर्मिलाको अंग अंगमा पोल्न थाल्थ्यो । निरवस्त्र पारेर फोटो खिच्थ्यो नमाने निर्मम तरिकाले कुटपिट गर्थ्यो । यसरी उर्मिला यौटा कठोर यातना सहेर आँशु पिएर बाँच्न थाली । मनको बह कतै नकह भने झैं उनलाई आफ्‌नो दुःख आफैँसँग थियो । दुःख बाँड्ने कोही थिएन, सुखत उनको भागमा छँदै थिएन । यस्तै गर्दै त्यो यातना गृहमा बस्दा बस्दै उर्मिलाले दुःखका पहाडहरु झेल्न थालिन । यस्तैमा एकदिन गोविन्दले आफ्‌ना दूर्व्यसनी चारजना साथीहरुलाई घरमै पार्टि दिने भन्दै बोलाएर ल्याएछ । उनीहरु सबै नशालग्ने सुइलिदा रहेछन, खै के हो कुन्नी सेतो पिठो जस्तौ नाकबाट लिने, गाँजाखाने, लट्ठ भएर नशालागेपछि आफ्‌नो अर्काको छुट्याउने नसक्दा रहेछन् ।

आधारात भएपछि एउटा निक्कै बलियो जगल्टे उर्मिलाको अस्मिता लुट्न तम्सियो । उनी गुहार माग्दै चिच्याउँदै सासुको कोठामा पुगिन त्यो जगल्टेले उनलाई त्यही लछार पछार गर्‍यो, टोक्यो चिर्थोयो र सासुकै अगाडी बलत्कार गर्‍यो, अर्को दौडिदै गएर सासुलाई पनि छोडेन । यसरी आफनै घरमा आफ्‌नै छोराका साथीहरुद्घारा यि निर्देष महिलाले आफ्‌नो अस्मिता लुटाए । त्यहाँ सहारा कोही थिएन, गोविन्द नशाले लट्ठ भएर एउटा कुनामा गुडुल्की परिरहेको थियो । सासु बुहरीको एकोहोरो चित्कार सुनेर छिमेकीले प्रहरीलाई खवर गरिदिए । तत्काल प्रहरी त आयो तर त्यस बखत समय भने निकै ढिलो भई सकेको थियो अप्रिय घटना घटी सकेको थियो । ती चारैजनालाई प्रहरीले पक्राउ गरि चौकीमा लगे । उर्मिलाका सासुबुहारी सुक्क सुक्क गर्दै आफ्‌नो कर्मलाई धिक्कार्दै त्यही बसे । भोलिपल्ट बिहानै गाँयमा एक कान दुइकान मैदान भनेझै त्यौ क्रुर समाचार घरघरको दैलो सम्म पुग्यो । गाउँघरमा मुख देखाई नसक्नु भयो ।

प्रहरीले भोलिपल्टै गोविन्दलाई पनि पक्राउ गर्‍यो । उर्मिला र उसकी सासुको शाररिक जाँच गरी प्रमाण संलग्न गरी प्रहरीले उनीहरुलाई स्वास्थ्य चौकी पुर्‍यायो । त्यहाँको प्राथमिक उपचार पछि डाक्टरको सल्लाह अनुसार उनीहरुलाई भनेर परामर्शका लागि मनोचिकित्सककोमा लगियो । मनोचिकित्सकले सवै कुरा विस्तारै कोटयाँउदै गए । गोविन्दकी आमाले सकेसम्म नबोलेरै टार्ने प्रयत्न गरिन । उर्मिलाले मनोचिकित्सकलाई सम्पूर्ण कुरा नढाँटी भनिन । अब यो समाजमा ढा्‌टनु लुकाउनु पर्ने कुरै उनीसँग केही थिएन । त्यस पछि उनकी सासुले विस्तारै भनिन मैले त सर्पलाई यो दुध चुसाँएछु । आज म आफ्‌नै सन्तानबाट असुरक्षित भएँ । उसका बालाई अकूत सम्पत्ती कमाएकोमा भ्रष्टाचारको अभियोग लागेर थुना परेको एक हप्ता पनि नवित्दै आज आफुले बुहारीको अस्मिता लुटिएको टुलुटुलु हेर्नुपर्‍यो । उद्घार गर्न जाँदा आफैँ लुटिन पर्‍यो, चिथोरिनुपर्‍यो, हे देव….. । हैन मेरो कुन परीक्षा लिदैछस्‌….. । मेरो कोख दोषी हो कि, मेरो रगत ? उनी भक्कानिएर रुन गालिन, मनोचिकित्सकले उनीहरुको सबैकुरा सुने पश्चात उनीहरुलाई बाहिर बगैँचामा लगे, चिसो पानी पिउन लगाए । त्यस पछि उनीहरुलाई सम्झाउन थाले ।

हामीले सादाजीवन उच्च विचारलाई त्यागेर रङगीन जीवन दुष्चर विचार अँगाल्नाले आज यो अवस्था भएको हो । हामीले पैसा कमाएर हुनेखाने भयौँ भन्दैमा आफ्‌नो पहिचान विर्सनु हुँदैन । आफ्‌नो संस्कार संस्कृति विर्सनु हुँदैन । यो लागु पदार्थको अम्मलको प्रारम्भ वालवालिकाले चुरोटबाट प्रारम्भ गर्छन, त्यसपछि जाँडरक्सीमा रमाँउछन्, त्यसपछि गाँजा भाङ कोकिन हिरोइन लगाएतका विश्वमै प्रतिवन्दीत र महँगा लागूऔषधमा फस्छन । यो अवस्थामा पुगेपछि नातागोता आफन्त इष्टमित्र, बावुआमा, दिदीबहिनी सवै विर्सन्छन् । उनीहरु आफ्‌नो विक्षिप्त मनस्थितिले जे निर्देशन गर्छ त्यही गर्छन । तपाईहरु पनि यसैको शिकार बन्नु भएको हो । आफ्‌नो घरमा यो अकल्पनीय घटना घटाउने तपाई स्वयं हो । तपाईको श्रीमानलाई भ्रष्टाचारी तपाईको घरपरिवार हो । तपाईको असिमित इच्छा र चाहना पूरा गर्न मर्दाङगी देखाउन तलवले नपुगे पछि वहाँले विस्तारै अतिरिक्क्त लाभमा ओखा बढाउनु भयो । तपाईहरु आमा छोरा दुवै भएर मीठामीठा परिकार राम्रा राम्रा गरगहना छानी छानी लुगा थुपार्दै आफ्‌नो वडप्पनको प्रस्तुत गर्न थाल्नुभयो ।

आफनै घरलाई होटल जस्तो बनाउनु भयो । छोरालाई संस्कार दिनु त कता हो कता उसलाई चुरोट, खैनी,गाँजा, जाँडरक्सी खान प्रेरित गर्नुभयो । यो डरलाग्दो मन्दविष हो यसले आफूमात्र होइन आफ्‌नो परिवार नै खरानी बनाउँछ भन्ने कुरा बुझन र बुझाउन चाहनु भएन । विद्यालयमा पटकपटक शिक्षकले सम्झाउदा उल्टै अहिलको आधुनिक जमनामा केटाकेटीलाई स्वतन्त्र छोड्नुपर्छ खानमन लागेको खान दिनुपर्छ, जान मन लागेको ठाँउमा जानदिनु पर्छ । गर्नमन लागेको काम गर्न दिनुपर्छ भन्दै उल्टो शिक्षकलाई नै पढाएर आउने त तपाई नै होनी । सम्झनोस् त ति दिनहरु । तपाईंहरुले कहिल्यै कसैको कुरा पनि सुन्नु भएन, कसैले भनेको पनि मान्नु भएन आज त्यसको परिणाम आफैँ भोग्दै हुनुहुन्छ । यो भाग्यलाई दोष दिने होइन कर्म गर्ने वेला कुकर्म गर्दाको परिणाम हो । बालबालिकाहरुले आफ्‌नो आमावाबुहरुबाट उचित हेरचाह, मायाममता, आत्मियता, हार्दिकता प्रेरण प्रोत्सहान पाएनन् भने लागूपदार्थ सेवन गर्न थाल्छन् । यदि परिवारका सदस्यहरुनै जाँड रक्सी चुरोट, खैनीका अम्मली वा गाँजा भाङ जस्ता लागुपदार्थका अम्मली छन् भने उनैहरुबाट बालबालिकाहरुले देखासिकी, नक्कल गर्दा गर्दै यो कुलत अपनाँउछन् । घरपरिवारमा नियमित हुने झै झगडा, कुटपिट, घृणा, अपमान जस्ता कृयाकलापबाट विरक्तिएका बालबालिकाहरुले यो कुलत अपनाँउछन् ।

अनावश्यक माया ममता गर्नाले लाडप्यार चाहिने भन्दा बढी दिनाले, पुल्पुल्याउनुले समयमा सही मार्गनिर्देशन नगर्नाले पनि बालबालिका दुर्व्यसनमा आकर्षित हुन्छन् । गलत साथीसंगको लहैलहैमा लागेर करकाप तथा जिज्ञासाले पनि बालबालिका कुलततर्फ आकर्षित हुन्छन् । चेतनाको कमी, अत्याधिक तनाव, निराश, वैराग्य, असल अभिभावकत्वको अभाव, परम्परागत अन्धविस्वास पश्चिमा संस्कृति र संस्कारको नक्कल जस्ता कारणले उनीहरुको अक्कल विस्तारै लागूपदार्थ दुर्व्यसनमा आकृष्ष्ट हुँदै जान्छ । यो मनोदीपक लागूपदार्थ सेवन गर्ने बालबालिकाहरु प्रिवारमा झै झगडा गर्ने, झर्किने, बेमेल, विखण्डनको अवस्था सिर्जना गर्ने, आफ्‌ना आवश्यक्ता पूरा गर्न चोर्ने ढाँट्ने, झुटो बोल्ने, घरपरिवारबाट टाढिने, सामाजिक अपराधहरुमा संलग्न हुने समाजबाट छि छि दुरदुर भए पछि, नातागोता इष्टभित्र, धनसम्पती सवै विर्सने स्वभावका हुन्छन् ।

०००
झापा, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गाली संस्कृति

गाली संस्कृति

देवीप्रसाद घिमिरे
लुटतन्त्र जिन्दावाद !

लुटतन्त्र जिन्दावाद !

देवीप्रसाद घिमिरे
हर्कको हर्ष र जेन्जीको भ्रम

हर्कको हर्ष र जेन्जीको...

देवीप्रसाद घिमिरे
आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

देवीप्रसाद घिमिरे
अक्कलेको अक्कल

अक्कलेको अक्कल

देवीप्रसाद घिमिरे
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x