साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अक्कलेको अक्कल

भिखारी झैं भिख माग्दै ल्याएर खाँदैछन् । नचाहेर खाए, हँसाएर खाए, हाँसेर खाए, मिचेर खाए, किचेर खाए, घिचेको नपचेर कतिले त मुख लुकाएरै खाए, टाउको झुकाएर खाए, हरेराम हामी जनतालाई ठण्डाराम बनाएर खाए ।

Nepal Telecom ad

देवी प्रसाद घिमिरे :

कहाँको तिमी म कहाँको कहाँको
दैव संजोग आजै हो भेट भाको
चिउरीको चिल्लो पात
ए माया लडिन्छ समाउ मेरो हात ।
आकाशैमा चिल घुम्यो फनन
मेरो माया छ छैन भनन
चिउरीको चिल्लो पात
ए माया लडिन्छ समाउ मेरो हात ।

माइला – हैन हौ अक्कले रन वनै थर्काएर पो बिरह पोख्न थाल्यौ त, हैन के को पिर पर्यो हौ त्यस्तो ?
अक्कले – केही हैन हौ माइला । खै यो जिन्दगी पनि खोई कस्तो कस्तो नुनै नहालेको तरकारी जस्तो पो होला जस्तो छ त !
त्यसले मलाई बेहुला बनाउँछु भन्थी बौलाहा बनाएर गैछे भने जस्तो पो भयो त !

अलिअलि जम्मा गरेको सम्पत्ति सबै गुट्मुट्याएर गैछे । के गर्नु भाई ! खै अभागीको भागमा पुर्पुरोमा हात भनेझैं म कस्तो अभागी पो रहेछु । अस्ति धरान घुम्न गएको भोकले लखतरान भएर एउटा पसलमा गएर दिदी तताको दुध खाउँन मात्र के भनेको थिएँ एउटी चालीसे उमेरक् िमहिलाले अगुल्टो लिएर लखेटिन् । मैले भोक लाग्दा किनेर दूध पनि खान नपाउने के भनेको थिएँ रहर गरिहालिस खान चाहिँ दिन्न लौ हेर् बज्या भन्दै छाती खोलेर देखाइदिइन् ।

बाफ रे बाफ ! हरे शिव ! मैले तीन त्रिलोक चौध भुवन पो देखेँ त ! यो भाषा नबुझ्दाको समस्या रहेछ । मलाई के थाहा त तता भनेको फुपू दिदी हुन् भनेर । म खाली खुट्टै पोको बोकेर फूसेको ओरालो दौडिएँ ।

ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ भन्थे सायद यो उखान मेरै लागि बनाएको हुनुपर्छ । दौडँदा दौडँदै बाटो बिर्सिएछु । कता जाने कता, म त चारकोसे झाडीमा अलपत्र परेँ । जंगलको बीचमा एउटा झुपडी भेटियो । पिलपिले बत्तीको उज्यालोमा भित्र एकजना अधबंैसे महिला देखिइन् ।

मैले विनम्र स्वरमा भिजेको बिरालो झैँ थरथर काप्दै सोधेँ । ए हजुर ! यहाँ बास पाइन्छ होला ?
महिला – म एक्लै छु, घरमा लोग्ने मान्छे कोही छैनन् । म कसरी अपरिचित पुरुषलाई बास दिउँ ?
अक्कले –हजुर यहाँबाट नजिकै गाउँ कति टाढा होला ? टाढै छ साँझमा आएका पाहुना देवता समान हुन्छन् भन्छन् खै के गरौं के गरौं ? भन्दै लामो सुस्केरा हाल्दै मायालु स्वरमा तिनले भनिन् । “नगरी नजाऊ दूधमाडी जाऊ, बस्छौ भने साप्रा च्यातिदिउँला” भनेर ती महिलाले भनेपछि म त अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ भनेझैँ भएर कुदें जङ्गलै जङ्गल ।

माइला – दुःख पाइस् मङ्गले आफ्नै ढंगले भनेको यही हो अक्कले दाइ । पहिले कुराको चरो बुझ्‌नु पर्‍यो नि ।
अक्कले – किन र ? मेरा ठाउँमा तँ भए चाल पाउथिस नि । मुखले गफ दिए जस्तो हुन्छ र ? आफूलाई कस्तो लाज लागेर आयो । भित्रैदेखि कुत्‌कुती पनि नलागेको त कहाँ हो र ? कम्ति राम्री थिई मोरी ?

माइला – हत्तेरिका अक्कले दाई तपाईँ पनि उदेक लाग्दो मान्छे पो हुनुहुँदो रहेछ । त्यो निर्जन जंगलमा नगरीको बाटो नजाऊ, त्यो बाटोमा जंगली जनावरको आक्रमणमा पर्न सकिन्छ, दुधमाढीको बाटो सजिलो र छोटो छ । हैन, यहीँ बस्छौ भने खानेकुरा केही छैन पीडालुको साप्रा च्यातेर उसिनी दिन्छु, त्यही खाएर रात कटाउ पो भनेको हो त । तिमित भालुको मन खन्युँमाथि जस्तो गरेछौ र यो दुःख पायौ त । चुरो कुरो बुझ्‌नु पर्छ क्या ।

अक्कले अक्कन बक्क भयो । अक्कलेको कुरा सुनेर मलाई हाँस उठ्नसम्म उठ्यो ।
अक्कले – कुरो त त्यति राम्रो रहेछ । कुरै नबुझी मैले त सपनामा खोले खाएर पो डराएछु त । लाटो, सोझो हुनु पनि गाह्रो छ हौ मलाई । त्यही सोझो देखेर त बेहुला बनाउँछु भनेर माहुरी झैं लुटुपुटु गर्नेले सबै झिटी गुन्टै उडाएर बौलाहा पो बनाएर छोडी त ।

त्यसपछि साह्रै दुःख पाइयो भनेर आँशुतोष महादेवको तपस्या गरेको महादेव खुसी भएर हे अक्कले तेरो तपस्यादेखि म प्रसन्न भएँ भन के वर माग्छस् ? तँ जे माग्छस् म त्यही दिन्छु भनेर भोलेनाथले भनेपछि अक्कलेले बहुतै अक्कल लगाएर बर मागेछ । हे भोलेनाथ ! हे महाप्रभु ! मलाई एउटा राम्रो जागिर, एउटा गाडी र साथमा सुन्दरी केटी भए पुग्छ प्रभु भनेर महादेवको पाउमा परेछ । महादेवले तथास्तु भनेर आशीर्वाद दिनुभएछ । त्यसपछि अक्कलेले गर्ल्स स्कुलमा ड्राइभरको काम पाएछ । जागिर, गाडी र गाडीभरि केटी देखेर अक्कले मक्ख परेछ । अक्कल बहादुर जागिर पाएर मख्ख पर्दै एउटी नयाँ प्रेमिकालाई फोन गर्न थालेछ । गाडी चलाउने हतारोले गर्दा अकलेले प्रेमिकालाई म्यासेज पठाएछ । हाइ प्रिय ! यो समयमा तिमी हाँसिरहेकी भए अलिकति मुस्कान पठाइदेउ, तिमी रोइरहेकी भए अलिकति आँसु पठाइदेउ, निदाइरहेकी भए मिठा सपना पठाइदेउ न प्रिय अक्कलेकि प्रेमिका बाथरुममा रोमान्टिक मुडमा नुहाउँदै रहिछ उसले जवाफ दिइछ म बाथरुममा नुहाउँदै छु के म तिमीलाई त्यही पठाइदिउँ त ? अक्कले अक्क न बक्क भएछ । मोबाइलमा प्रेमिकाको सग्लो फोटो देखेर तीन दिन त मुर्छा परेछ । अक्कले अचम्मित परेर निराश अनुहार लिएर बिउँझेछ । उसको साथीले अक्कलेलाई सम्झाएछ । हेर् अक्कले पीडामा कसरी रमाउने भन्ने कुरा त प्रेसर कुकरबाट पो सिक्नुपर्छ त प्रेसर कुकरको चाकमा निरन्तर आगो लगाउँदा पनि सिठी बजाएर प्रेसर कुकर नाचिरहन्छ । अक्कली यो सुनेर मक्ख परेछ । दुःख पीडा कसलाई पर्दैन र रमाउन सिक अक्कले काली गए गोरी पाउँछस् । किन तिर्खा मेट्न खोलो धाउँछस् ?

अनि हौ अक्कले दाइ तिम्रा कुरा त सुनिरहौँ । तिम्रै अनुहार हेरेर हाँसिरहौं जस्तो पो लाग्यो त हौ ।
अरु पनि यस्ता रोचक घटनाहरू छन् भने सुनाउन हौ टाइम पास गर्नलाई जिन्दगीका उकाली ओराली काट्ने क्रममा मैले जति बाउन्न हन्डर त कसले पो खायो होला र ? एकपटक पाँचथरतिर घुम्न गएको एका–बिहानै रविडाँडाबाट हिमाल टलक्क टल्किएको देखेर आहा कति राम्रो, कति स्वच्छ हिरा जस्तै टल्किएको हिमाल भन्दै हिमालको बखान गर्न थालेको लिम्बुनी साथीहरूले त छि छि यो पिनेवा दाजु त कति छाडा पो बोल्दो रहेछौ । भन्न थाले म त लाजले पाकेको अकबरेको ढिँडी जस्तै भएँ, मैले यस्तो छाडा अपशब्द बोले जस्तो त लाग्दैन, त्यही हिमाल हिरा जस्तै टल्कियो मात्र त भनेको हो नि भनेको थिएँ सबैले मुख छोपेर हाँस्दै फेरि गिज्याए छि छि दाजु चुप लाग नबोल । भनेपछि म आफैं अमिलो मन बोकेर सँच्चिने प्रयत्न गरिबसें ।

छेवैमा रहेको साथीलाई खुसुक्क बोलाएर सोधेँ हैन मैले के पो गल्ती गरँे हौ त्यसले कानमा खुसुक्क भन्यो यो त महिलाहरूको जनेन्द्रिय होनि सुसुस्थान । म लाजले भुतुक्कै भएँ । अब म कहिले हिरा भन्दिन भन्दै कान समाएर एक्लै कुदेको छु । यसरी पटक–पटक मलाई मात्रै यस्ता समस्या किन पर्छन् होला ? कि म भित्रै केही खराबी पो छन् कि भनेर मलाई आफैसँग रिस उठ्न थाल्यो । केही स्थानीय भाषाहरूमा हामीले मानक भनेर प्रयोग गरेको शब्द पनि छाडा शब्दपो बन्दो रहेछ । ल है मित्रहरू, लिम्बुवानमा हिरा नफोर्नुहोस्, तराईमा बियाँ नफल्नुहोस्, नेवारी समुदायमा तताको दूध खान नमाग्नुहोस्, मासी पर्यो नभन्नुहोस् नत्र फसाद पर्ला है, अश्लिल शब्द बोलेको आरोपमा अगुल्टाले टुटुल्को उठुन्जेलीको स्वागत पाइएला है । अक्कलेका कुराले म आफै अक्कन बक्क भएँ, के बोलँु के नबोलुँ जस्तो पो भएँत म त । समयमा जानेका कुरा बोल्दा मौकामा हिरा फोर्नु भन्ने उखानको बखानलाई पाठ्यपुस्तकबाटै हटाउनु पर्ला कि ?

एक दिनको कुरा हो, अक्कलबहादुर काठमाडौँ घुम्न आएछ । एकजना गाउँघरकै विकासे साइलीले बानेश्वरमा कपडा पसल खोलेकीे रहिछन् । अक्कलेले आमालाई एउटा साडी किनिदिने विचार गरेर पसलमा पसेछ । नमस्ते है दिदी पसल कस्तो चल्दैछ त ? अक्कलेले सोधेछ । जवाफमा ति महिलाले भनिछन् ग्राहक त प्रशस्तै आउँछन् तर के गर्नु कहिले साडी खोल्यो देखायो, कहिले कुर्था खोल्यो देखायो, ग्राहकहरू फिस्स हाँसेर महँगो भयो मन परेन भन्दै हिँड्छन् । दिनभरिमा एउटा दुईटासम्म बोहनी हुन्छ । गाह्रो छ भाइ गरीखान । तपाईँलाई के देखाउँ ? साडी कि कुर्था ? बाबै नि, म फेरि फसादमा परेँ । मैले भनें, भैहाल्यो छोपेर राख्नुस् म अहिले हेर्न भ्याउँदिन भन्दै त्यहाँबाट कुलेलम ठोकेँ ।

यो जिन्दगी जताततै डरैडर कतै ज्यान जोगाउने डर, कतै ज्ञान जोगाउने डर, कतै मान जोगाउने डर, कतै धन जोगाउने डर, कतै पैसा जोगाउने डर, कतै बैंश जोगाउने डर, सानो छँदा आमा–बाबुको डर, विद्यालयमा शिक्षक शिक्षिकाको डर, बिहे गरेपछि श्रीमतीको डर, यो जिन्दगी खै के खै के डरैडरको भरमा बाँच्नुपरेको छ । भोलि चिप्लिएला कि भन्ने डर, जागिर खुस्किएला कि भन्ने डर, पद प्रतिष्ठामा आँच आउला कि भन्ने डर, सम्पत्ति कमाउन पनि डर, कमाएपछि जोगाउन झनै ठूलो डर, यो डरै डरको खाल्डोमा निस्सासिएर बाँच्नुपर्ने बाध्यता पनि त डरै हो ।

अक्कलबहादुर आफ्ना विगत कोट्याउँदै जान्छ । म चुरोटको ठुटो छोट्याउँदै जान्छु । घत लाग्दा अक्कलेका अनुभवले मलाई पनि निखार्न थाल्यो । सल्लाह निःशुल्क दिएर समय सबैले बर्बाद गर्छन् तर विपदमा साथ दिने कोही हुँदैन । हरेक यात्रा एक्लै पूरा गर्नुपर्छ, फगत एक्लै भन्दै अक्कले आफैंलाई स्वास्नी मरेको राणो कि आफैं घाँडो भएको हो छुट्याउन गाह्रो भयो ।
आज चप्पल पड्काउँदै सत्ताको भत्ता पड्काएर सदनभित्रको सिंहासनमा निदाइरहेका जिम्मेवार मन्त्रीहरूबाट हामीले के नै पो आशा गर्न सकिएला र ? उनीहरू निदाएरै देशको नीति निर्माण गर्छन । नीति विनाको नेता, विधि विनाको विधानले हामीलाई हैरान बनायो ।

गाईमारा, भाइमारा, तरमारा, घरमाराहरूको भीडले सत्ता भरिभराउछ । जनता एक छाक रोटीका निम्ति लगौटी कसेर भोकभोकै सङ्घर्ष गरिएका छन् ।

सक्नेले बोकेर खाए, गम्छाले मुख छोपेर खाए, लुटेर खाए, कुटेर खाए, पिसेर खाए, चपाएर खाए, पेलेर खाए, पोलेर खाए, चपाएर खाए, दाँत देखाएर खाए, धाक देखाएर खाए, सान बेचेर खाए, इमान बेचेर खाए, खाए हौ, हरेराम मेरो देश अगस्तीहरूले ठण्डाराम बनाएर खाए । हामी त सधैँ जिल्लाराम ।

यो खन्चुवाहरूको खाई महात्म कति बखान गरौं साथी हो । ब्वाँसाहरूले झैँ कन्याएर खाए, खन्याएर खाए, उद्योगधन्दा कलकारखाना सबै खाए । आज भिखारी झैं भिख माग्दै ल्याएर खाँदैछन् । नचाहेर खाए, हँसाएर खाए, हाँसेर खाए, मिचेर खाए, किचेर खाए, घिचेको नपचेर कतिले त मुख लुकाएरै खाए, टाउको झुकाएर खाए, हरेराम हामी जनतालाई ठण्डाराम बनाएर खाए । पालुवामै खाए, बालुवामा खाए, सिमेन्टमा खाए, डन्डीमा खाए, मण्डी ओडेर खाए, बाटो ढुकेर खाए, मान्छे कुटेर खाए, कुरा काटेर खाए, दुनियाँ ढाटेर खाए, ढिकुटीमा बसेर खाए, शौचालयमा पसेर खाए, घन्टी बजाएर खाए, अंश भजाएर खाए, ङिच्च दाँत देखाउँदै लाजशरम पचाएर खाए, केवल अस्तिपन्जर मात्र बाँकी राखेर खाए, काटेर खाए ढाँटेर खाए मरेर खाए, मारेर खाए, खान जन्मेकाहरूले खानसम्म खाए, युवाहरू विदेशमा श्रम बेच्न विवश छन् ।

यो गाईजात्रे निबन्ध लेख्दा लेख्दै खाईजात्रे बन्ला भन्ने डर लाग्न थालिसक्यो । अक्कलेले अबको पुस्ताका लागि छोड्ने केहि छैन सबै सबै आफैं हसुरे । अबको पुस्ता रमिते बनेर केवल हावा खाएर बाँच्ला हैन त ??

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गाली संस्कृति

गाली संस्कृति

देवीप्रसाद घिमिरे
लुटतन्त्र जिन्दावाद !

लुटतन्त्र जिन्दावाद !

देवीप्रसाद घिमिरे
हर्कको हर्ष र जेन्जीको भ्रम

हर्कको हर्ष र जेन्जीको...

देवीप्रसाद घिमिरे
आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

देवीप्रसाद घिमिरे
कुसंस्कार

कुसंस्कार

देवीप्रसाद घिमिरे
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x