साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाहाहा कुर्र हाहा

घुसखाेरे अरिँगालले सारै चिलेर ताछतुछ पारी सबैतिरबाट छिलेर काले गोरे गोरे काले दुबै मिलेर पानी पुरी जस्तै खाऊन् देश निलेर हाहाहा कुर्र हाहा ..... ।

Nepal Telecom ad

हाेम सुवेदी :

घुसखाेरे अरिँगालले सारै चिलेर
ताछतुछ पारी सबैतिरबाट छिलेर
काले गोरे गोरे काले दुबै मिलेर
पानी पुरी जस्तै खाऊन् देश निलेर
हाहाहा कुर्र हाहा …..

मलेसिया पुगी कान्छाे काेदो राेप्तै त
जेठाे छाेराे उतै जान साइत छोप्तै छ
सौदी पुगी बुहारीले नानी पाउँदै छे
कतारमा मेरी बुढी पोछा लाउँदै छे
हाहाहा कुर्र हाहा …..

भाेक राेग साेक लागे पेट कसुँला
थाप्लामाथि खरानीको विभुत घसुँला
रेमिट्यान्स भए पछि अरू चाहिन्न
म बुढाकाे के काम भाे र घरै बसुँला
हाहाहा कुर्र हाहा….

बार पढ्दा पढ्दै नाति घर छाेड्नेभाे
उतै पुगी उस्ले पनि ब्वारी जाेड्ने भाे
कुरा गरिसाध्य पनि अब कहाँ छ
कान्छाे नाति पनि उतै माेकै गाेड्ने भाे
हाहाहा कुर्र हाहा …..

जेठाे भान्जो कतारमा राम्रो हली छ
ज्वाइँको भने क्यानाडामा ढलिमली छ
छिमेकीकाे छाेराे उतै बाहुवली छ
छोरी ऐले सुडानमा मखमली छ
हाहाहा कुर्र हाहा …..

घुसखाेरे अरिँगालले सारै चिलेर
ताछतुछ पारी सबैतिरबाट छिलेर
काले गोरे गोरे काले दुबै मिलेर
पानी पुरी जस्तै खाऊन् देश निलेर
हाहाहा कुर्र हाहा …..

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x