साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाली प्रतियाेगिता गराैं !

सबैतिर छरिएका गालीहरु सबै समेटाैं नभेटिएकालाई पनि भेटाैं सबै मेलाे मेटाैं लाै हजुर ! लागिपराैं धेरै भयाे मुख चिलाएकाे एउटा घतिलाे गाली प्रतियाेगिता गराैं ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

अहिले जङ्गल छैन
गाईबस्तु कसैले हेर्दैन
भेडा पनि खरितेले शहर लगिसके
आफूसंग सुकाे छैन
गाउँकाे ब्याज अरुले नै ठगीसके
आउनुहाेस आफूआफू अघिसराैं
मननपरेकाकाे बाेलीमा
पाखुरा सुर्किएर
मन परेकाकाे लाेलीमा
फुरुक्क फुर्किएर
एउटा एउटाकाे ट्याग धराैं
धेरै भयाे मुख चिलाएकाे
एउटा घतिलाे गाली प्रतियोगिता गराैं ।

एकातिरकाले मेराे बा भनाैं
अर्कोतिरकाले ला एत्राे खा भनाैं
सकेसम्म छाडा खाेजाैं
स्वादिला शब्द राजाैं
लाजलागे लुकेर बाेलाैं
फ्याट्ट अप्ठ्यारा शब्द ढुकेर बाेलाैं
तेरीमा अर्काे पार्टीको समर्थकलाई
घाेचेर बाेलाैं
पछि के हाेला भन्ने नसाेचेर बाेलाैं
सबैलाई फुर्सदै रहेछ
बिकार सबै ओकलेर स्वच्छ मन भराैं
धेरै भयाे मुख चिलाएकाे
एउटा घतिलाे गाली प्रतियाेगिता गराैं ।

समाजिक सञ्जालमा भरिएका गालीहरु
नेता अभिनेता
पत्रकार कलाकार
शिक्षक पुलिस
उद्योगपति कर्मचारी
सबैतिर छरिएका गालीहरु
सबै समेटाैं
नभेटिएकालाई पनि भेटाैं
सबै मेलाे मेटाैं
लाै हजुर ! लागिपराैं
धेरै भयाे मुख चिलाएकाे
एउटा घतिलाे गाली प्रतियाेगिता गराैं ।

०००
गाैरादह, झापा
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x