साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय नेता पुजौँ पार्टी

पेटमा पटुका बाँध झोला एकेक चाहियो बोक पम्प्लेट पार्टीका साथमा राख काँगियो । राख तस्बिर नेताका ढोग साँझ बिहानमा जय नेता पुजौँ पार्टी देश जाओस् मसानमा ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

सामना गर्न छाडेर भाग्छन् काँतर पामर
दुलामा लुक्दछन् सर्प उज्यालाको भए डर ।

ढुङ्गे युग थियो राम्रो बास ओडारमा थियो
त्यतै फर्किन पाएमा मजाले बाँचिने थियो ।

कुराकानी थिए बाँकी आफन्त बन्धुवर्गमा
पढिन्थे कविता काव्य लेखिन्थे कति सर्गमा ।

समाचार कहाँ के छन् बुझ्नु खै कसरी अब
परेवा अब एकेक व्यवस्था गर केशव ।

अल्छी छन् जनता ज्यादै गर्दैनन् काम यी कुनै
ग्यास चुलो जलेको छ बाल्दछन् बिजुली झनै ।

काट त्यो बिजुली बत्ती गाडी मोटर रोक यी
जसले चड्न चाहन्छन् समात अनि ठोक ती ।

कुटानी र पिसानीका धन्दा आफैँ गरे भयो
यस्ता यी मिलले गर्दा धेरैको ज्यान पो गयो ।

दियालो बाल सल्लाको दाउरा वनको भर
आत्मनिर्भर लौ होऊ चाहे जे जसरी गर ।

पेटमा पटुका बाँध झोला एकेक चाहियो
बोक पम्प्लेट पार्टीका साथमा राख काँगियो ।

राख तस्बिर नेताका ढोग साँझ बिहानमा
जय नेता पुजौँ पार्टी देश जाओस् मसानमा ।

०००
नारायणपुर, विकास चोक ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x