साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निष्कर्षले अझै मेसो पाएको छैन

राजाले प्रायश्चित गर्लान् बरु प्रजा अझै दास छन् सत्ताकै धङधङीले होला व्यर्थ हल्ला, सन्त्रास छन् रात पछि दिन हुन्छ, समय हुदैन मुठ्ठीमा सधैं, के सुध्रनु कुहिएपछि तिनका लागि कारावास छन् ।

Nepal Telecom ad

इ. कुमार खड्का :

घमण्डले चुलिँदो मान्छे भुइँ कोर्दैन आकाश हेर्छ
चिन्ताग्रस्त मनले तारा गन्छ, कि त भुइँमा केर्छ
दम्भीले कसैलाई टेर्दैन, निम्छरोलाई सहानुभूति,
आफ्नै टोलमा त भुस्याहाले पनि हुँडारलाइ घेर्छ ।१

राष्ट्र रोइरहेको छ, त्यसैले गीत गाएको छैन
मूर्दा शान्ति छ हृदयले लय समाएको छैन
नियाल्दैछन् कपटका परिवेश, अबोध आत्माहरुले,
के गर्ने हो ? निष्कर्षले अझै मेसो पाएको छैन ।२

बुझे कि त अब ? जनाधार रहे पुर्वाधार हुन्छ
आफ्ना, आफन्त रहेमात्र जीवन ज्यूने सार हुन्छ
सुनाचाँदी थुपारेर स्वार्थको मात्र तजविज गर्दा,
आफ्नै बिम्ब अस्पष्ट र शरीर पनि भार हुन्छ ।३

राजाले प्रायश्चित गर्लान् बरु प्रजा अझै दास छन्
सत्ताकै धङधङीले होला व्यर्थ हल्ला, सन्त्रास छन्
रात पछि दिन हुन्छ, समय हुदैन मुठ्ठीमा सधैं,
के सुध्रनु कुहिएपछि तिनका लागि कारावास छन् ।४

०००
आलापोट, काठमाण्डौं ।
२०८२/०५/२६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x