साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कारण खुलाई खुलाई राम धुलाई !

अहिले आएर लखेटीलखेटी र लछारपछार गरेर कुटपिट गरेको दृश्य दुनियाँले हेरे अनि थुके पनि तिनलाई। ती भ्रष्टहरुका मतियार अर्थात् काँटा-चम्चाहरु कता बेपत्ता भए अत्तोपत्तो छैन। हरि ॐ तत्सत !!!

Nepal Telecom ad

अमर अधिकारी :

उहिले हाम्रा बाजेका पालामा कसैलाई श्राप दिनुपर्यो भने “तेरो घरमा काँग्रेस पसोस् !” भनिन्थ्यो रे भने २०५२ सालपछि ; साना केटाकेटीलाई तर्साउनुपरेमा “माओवादी बोलाइदिऊँ ?” भन्ने जमाना पनि थियो। हाल आएर “जेनजी बोलाऊँ !” वा “तेरो घरमा जेनजी पसोस् !” भन्ने अवस्था आएको छ। यी सबै अवस्था दोहोरिने तेहोरिने भने होइनन्। जेको पनि एक जमाना आउँछ।

यो लेखकले बेलाबखतमा देशको दयनीय अवस्थाका बारेमा धेरै लेखहरु लेखिसक्यो। प्रकाशित कैयन लेखहरुमध्ये जम्मा आधादर्जन लेखले मात्र राष्ट्रियस्तरमा सुधारका कामहरु गर्यो। नगरोस् पनि कसरी ? ज्ञान-चेतना सम्बन्धी मेरो एउटा लेख सर्वाधिक लोकप्रिय बनिसकेको छ। त्यो भन्दैमा मैले अहंकारको बाटो भने अपनाउनु हुँदैन । यो त सम्बन्धित संस्था वा समूहले मूल्याङ्कन गर्ने विषय हो। मूल्याङ्कन चित्तबुझ्दो नै भएको पाएको छु। किन कि “अमर बने सर्वाधिक लोकप्रिय लेखका लेखक” भनेर समाचार पनि आए। “अमर अधिकारिले रचे सातौँ कीर्तिमान” भनेर पनि समाचार आयो। “चर्चित लेखक अमर अधिकारीले घरको छतमा- फलाउँछन् गीठा र भ्याकुर” भन्ने शीर्षकको समाचार पनि आयो। सबैभन्दा बढी लेख-रचना मेरै प्रकाशन हुनेगरेको छ भने लेखक तथा साहित्यकारका बारेमा सबैभन्दा बढी समाचार पनि मेरै आएको ठोकुवाका साथ दाबी गर्दछु। यसै क्रममा मैले कैयन उपनाम, उपाधि, संज्ञा पाएँ र नगद पुरस्कारसहित सम्मानपत्रहरु पनि पाएँ। यति मात्र कहाँ हो र ? झोलेहरुले आधादर्जन धम्की पनि दिए।

अस्ति भर्खरै आलाकाँचा केटाकेटीको दुईदिनको आक्रोसले आगो दन्कियो संघीय राजधानी काठमाडौँ र मोफसलका सहरहरुमा। सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार केही बाँकी रहेनन्। कर छल्ने र राजनीतिक दलतिर ढल्नेहरुको व्यापारिक संस्था ध्वस्त भयो। माफियाका र दोहोरो नागरिकता प्रयोगकर्ताको ठूलो सञ्चार माध्यम पनि ध्वस्त भयो। सडकमा स्वतःस्फूर्त जुलुस उर्लियो। लोकतन्त्रवादी भनाउँदा कतिपय नेताहरुका घरहरु खरानीमा परिणत भए । मै हूँ भन्ने नेताहरुलाई लछारपछार पारियो रक्ताम्मे हुने गरी रामधुलाई गरियो। खासमा रावणधुलाई हुनुपर्ने हो किन पो रामधुलाई भनिएकाे हाे कुन्नी ? म आफै छक्क परेको छु।

नेताको घरबाट हजारहजारका नोटहरु झ्याल र कौसीबाट हावामा उडाइएकाे पनि देखियो। आक्रोसको ज्वाला निभ्न नपाउँदै तेस्रो दिनमा उनकै घरकाे अन्डरग्राउण्डमा सुन-चाँदी र नगद छ भन्ने हावादारी कुरा सुनेर लुटेराहरु हातहतियार सहित त्यहाँ पुगेपछि सेनाले लखेटेको कुरा पनि सुनियो। कतिपय करछलुवा डनको व्यापारिक केन्द्रहरुबाट लुटेराहरुले फ्रिज, वासिङ मेशिन समेत घर-डेरामा ओसारे पनि पछि ती उपकरण तथा अन्य सामानहरु फिर्ता गराइएको कुरा पनि सुनियो।

टिकटकमा थरिथरिका खबरहरु प्रवाह भए । मुरली मकै भुटे झैँ भटटटट । कुन पत्याउने कुन नपत्याउने। एउटाले अर्कोलाई गाली गरेको अनि अर्कोले अर्कोलाई लाञ्छना लगाएका खबरहरु सुन्दासुन्दा यी दुई कान कोक्याउने बाहेक केही भएन। हुँदै नभएका कुराहरु एआइको माध्यमबाट फोटो तथा भिडियो बनाएर जाक्ने काम पनि भयो। त्यस्ता फोटो तथा भिडियो पत्याउने विचरा सोझा सिधा जनता नै हुन्। टाठा बाठाले त अन्दाज गर्छ र यो ठीक हो यो ठीक होइन भनेर पत्ता लगाउँछ।

“यी भ्रष्टहरु हुन्” भन्दै कारण देखाउँदै रामधुलाई गरेको देख्दा अन्यायमा पिल्सिएका जनता खुशी हुनु स्वभाविकै हो। सत्ता र कुर्सीमा लिसो झैँ चिप्किनु पनि हद हुन्छ नि ! नेताहरूलाई रिङाउँदासम्म रिङाए, पछिल्लो समय ढेउवालाई पनि रिङाए। विचरा ढेउवाले पालै पाएनन् सत्ता र कुर्सीको। राम्रो छविमा गरिने  लेखक गृहमन्त्री भएकै कारण अन्तिममा बदनाम हुनुपर्यो । यसअघि उनले पाठकलाई तह लगाएका थिए। पाठकले नक्सालको हिल्टन होटेल र ढेउवाको छोराको प्रसंग जोडेर सञ्चार माध्यममा जाकेका थिए। लेखक र पाठक बीचमा राम्रो सम्बन्ध हुनुपर्ने हो, खासमा लेखकले लेख्ने र पाठकले पढ्ने। यो मामलामा भने यहाँ अपवाद भयो।

आखिरमा गृहमन्त्रीको जागिर गयो। “सबैभन्दा बढी भ्रष्टाचार हुने अख्तियारमा जेनजीको नजर किन नपरेको होला ?” भनेर मैले सोँचिरहँदा एकछिनमै त्यहाँ पनि आगजनीको खबर मेरो नजरमा पर्यो। अर्कोदिन अख्तियारकै प्रमुखको घरमा आगजनी पनि भएछ। यो लेखकले ठम्याए अनुसार अख्तियारमा चार जना महाभ्रष्टहरुले नेतृत्व सम्हालिसकेका छन् त्यहाँ। नेताहरुले ब्रिफकेसमा मोटो रकम पाएपछि जस्तोसुकै भ्रष्ट पनि अख्तियारको प्रमुख आयुक्त र आयुक्तमा नियुक्ति पाउँछ भन्ने कुरा थोरैलाई मात्र थाहा छ, त्यसमध्ये यो लेखक पनि पर्दछ।

विचरा जनताहरुलाई सिंहदरबार भनेको खेलहरु खेलिने रंगशाला हो र नाटकहरु मञ्चन गर्ने रंगमञ्च हो भन्ने कुरा जानकारी हुँदैन। म पो सिंहदरबारभित्र १२ वर्ष र वरपर ४ वर्ष गरी १६ वर्ष बिताउँदा फटाहा नेताहरुले के के गरे र के के गरेनन् भन्ने सबै जानकारी छ। डान्सबारबाट तरुनी उठाएर उद्योग मन्त्रीले आफ्नो मन्त्रालयमा कम्प्युटर अपरेटरमा नियुक्त गरेको यी दुई आँखाले देखिसकेको कुरा हो। ती तरुनीले मलाई कम्प्युटर सिकाइदिन आग्रह गर्दा त्यस्ता चरित्रहीन केटीलाई मैले किन पो सिकाउँथे र कम्प्युटर ? ती सुन्दरीले उद्योग मन्त्रालयको तल्लो तलामा रहेको प्रशासन शाखाबाट दोस्रो तलामा रहेको मन्त्रीको सचिवालयभित्र मन्त्रीको कार्यकक्षमा इन्टरकम सेटबाट फोन गर्थिन् र भन्थिन् मन्त्रीलाई- “तँ साले …..!” आखिर मन्त्री किन पो खिन्न हुन्थे र केही सम्झौता त भएको थियो मन्त्री र ती तरुनीबीच। मन्त्रीले तरुनीको कडा शब्दहरु सुनेर आनन्द पनि माने होलान्। किन कि एउटी कोमल सुन्दरी युवतीले झपार्दा मन्त्रीले सुशब्दहरु ठानेहोलान्।

मैले सिंहदरबारभित्र अनेक मन्त्रीहरुका चर्तिकलाहरु देखिसकेको छु। ती सबै लेख्दा यहाँ निकै नै लामो लेख बन्नसक्छ। एकजना मन्त्रीका स्वकीय सचिवले मेरो कुर्सी टेबुल र कार्यकक्ष नै हडपेका थिए र मैले दुई महिना विदामा बसेर अनिवार्य अवकाशको पत्र लिएको थिएँ। यस्ता पातकी र भ्रष्ट मन्त्रीहरु भएको देशमा कसरी विकास हुन्छ ? भनेर मैले सोचिरहन्थे र पत्रपत्रिकाहरुमा मेरा लेख-रचनाहरु पनि प्रकाशन भैरहन्थे। अहिले बल्ल भ्रष्टहरु, देशघाती, देश खाने धमिराहरुले रामधुलाई खाँदा मनमा बडो आनन्दानुभूति हुन्छ।

अब त्यस्ता राक्षसहरुलाई मुलुकको शासन व्यवस्था हाँक्न दिनुहुँदैन। पालैपालो सत्तामा बस्ने, सत्तामा बसेकाले सत्ताधारीलाई खबरदारी गरे झैँ गर्ने र पालैपालो राज्यको ढुकुटी लुट्ने बाहेक केही पनि देखिएन। अहिले आएर लखेटीलखेटी र लछारपछार गरेर कुटपिट गरेको दृश्य दुनियाँले हेरे अनि थुके पनि तिनलाई। ती भ्रष्टहरुका मतियार अर्थात् काँटा-चम्चाहरु कता बेपत्ता भए अत्तोपत्तो छैन।
हरि ॐ तत्सत !!!

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
बुढेसकालमा

बुढेसकालमा

कृष्ण शर्मा सुमु
0
Would love your thoughts, please comment.x
()
x