साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युवा छन् त

युवा छन् त । तिनी पनि भाग पाउन्जेल बस्छन् अनि उही बाटो तिमी देख्तैनौ युवाका पीडा किनभने तिमीसँग ती आँखा नै छैनन् निम्रा वरिपरि पीडा पुग्दैनन् तिम्रा आँखा बाहिर बगुन्द्र नेपाली युवा छन् त ।

Nepal Telecom ad

हेम अधिकारी :

संसारका कुना कुना र सहरहरूमा
होटल होटल र बजारका पसलहरूमा
पसिना तर्तरी चुहाइरहेका
नेपाली युवा छन् त ।
स्वदेशमा काम,दाम र माम पाए त ?
के तिनले देश चुसेर
आमाको रगत र बन्धुका पसिना
ह्वामह्वामी खाएत ?
यहाँ चुसेर अँध्यारो छिँडीबाट
बिदेश पठाए त ?
जहाँ भए पनि नेपाली युवा नेपाली नै छन्
फरक यत्तिले पा¥यो
तिनलाई तिमी देखेजस्तो गर्दैनौ ।

अनि यहाँ तिमीले दिएका भाग खाएर बसेका
युवा छन् त ।
तिनी पनि भाग पाउन्जेल बस्छन्
अनि उही बाटो

तिमी देख्तैनौ युवाका पीडा
किनभने
तिमीसँग ती आँखा नै छैनन्
निम्रा वरिपरि पीडा पुग्दैनन्
तिम्रा आँखा बाहिर
बगुन्द्र नेपाली युवा छन् त ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x