साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुवाद केन्द्रित संवाद कार्यक्रममा डा. गाेविन्दराज भट्टराई

कार्यक्रममा नेपाली अनुवाद र प्राज्ञिक क्षेत्रका विशिष्ट व्यक्तित्व प्रा.डा. गोविन्दराज भट्टराईले मुख्य वक्ताका रूपमा नेपालमा अनुवादको इतिहास, सिद्धान्त र यसको प्राज्ञिक विकासका बारेमा महत्वपूर्ण धारणा प्रस्तुत ।

Nepal Telecom ad

काठमाडौं। अनुवादक समाज नेपालका अध्यक्ष डा. बलराम अधिकारीको अध्यक्षतामा ‘अनुवाद अन्तरङ्ग’ शृङ्खलाको पाँचौँ कडिका रुपमा भर्चुअल संवाद कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली अनुवाद र प्राज्ञिक क्षेत्रका विशिष्ट व्यक्तित्व प्रा.डा. गोविन्दराज भट्टराईले मुख्य वक्ताका रूपमा नेपालमा अनुवादको इतिहास, सिद्धान्त र यसको प्राज्ञिक विकासका बारेमा महत्वपूर्ण धारणा प्रस्तुत गर्नु भएकाे थियाे ।

नेपालमा अनुवाद अध्ययनमा विद्यावारिधि गर्ने पहिलो नेपाली विद्वान भट्टराईले नेपालमा अनुवादको परम्परा विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठान स्थापना हुनुभन्दा अघिदेखि नै सुरु भएको उल्लेख गर्नुभयाे।

उहाँकाअनुसार महाकवि देवकोटा, बालचन्द्र शर्मालगायतका विद्वानहरूले विश्व साहित्यका उत्कृष्ट कृतिहरू नेपालीमा अनुवाद गर्ने योजना बनाएका थिए। पछि नेपाल प्रज्ञा प्रतिष्ठानले यसलाई थप व्यवस्थित बनाउँदै नेपाली र विदेशी भाषाहरूबीच अनुवादको आदानप्रदानलाई निरन्तरता दिएको थियो।

त्रिभुवन विश्वविद्यालयमा अनुवाद विधाको संस्थागत विकासबारे चर्चा गर्दै भट्टराईले वि.सं. २०५५/५६ ताका भाषा विज्ञान विभागअन्तर्गत् एउटा विषयका रूपमा अनुवादलाई समावेश गरिएको स्मरण उहाँले गर्नुभयाे।

पछि शिक्षा शास्त्र संकायअन्तर्गत् स्नातक, स्नातकोत्तर, एम.फिल. र विद्यावारिधि तहसम्म यसको पाठ्यक्रम विकास गरी पठनपाठन सुरु गरिएको थियो। हालसम्म नेपालका विश्वविद्यालयहरूबाट अनुवाद अध्ययनमा केही अध्येताहरूले विद्यावारिधि गरिसकेका छन्।

कार्यक्रममा भट्टराईले अनुवाद दुई भाषाको ज्ञान मात्र नभई यो एउटा प्राज्ञिक र सैद्धान्तिक विधा भएको स्पष्ट पार्नु भयाे । सिद्धान्तबिना गरिने अनुवाद त्रुटिपूर्ण हुन सक्ने औंल्याउँदै उहाँले अनुवाद सिद्धान्तको अध्ययनले मात्र स्तरीय अनुवाद सम्भव हुने बताउनु भयाे।

नेपालजस्तो बहुभाषिक देशमा लिम्बू, राई, तामाङ, गुरुङ, मैथिलीजस्ता रैथाने भाषाहरूको ज्ञान र साहित्यलाई अनुवादका माध्यमबाट आपसमा जोड्न सके यसले राष्ट्रिय सद्भाव र बौद्धिक विकासमा ठुलो टेवा पुग्ने उहाँको भनाइ थियो।

विश्व साहित्यमा अनुवादको प्रभावबारे बोल्दै डा. भट्टराईले नोबेल पुरस्कार पाउने कृतिहरूमध्ये ठूलो हिस्सा अनुवादित कृतिको हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभएकाे थियाे । उहाँले आफ्ना कृतिहरू ‘अनुवाद अध्ययन परिचय’ र ‘अनुवाद सन्दर्भ ग्रन्थ’ का बारेमा पनि जानकारी गराउनु भयाे ।

कार्यक्रमको दोस्रो सत्रमा सहभागी रामबहादुर विकले अनुवादको सम्पादन र यसमा हुने त्रुटिहरूका बारेमा सोधिएका प्रश्नको जवाफ दिँदै भट्टराईले अनुवादमा इमानदारिता र सिद्धान्तको पालना आवश्यक रहेको बताउनु भयाे।

यस्तै, प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रयोगले अनुवादलाई केही सहज बनाए पनि यसले मानवीय संवेदना र सांस्कृतिक पक्षलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्ने धारणा उहाँको छ।

कार्यक्रमको सहजीकरण कवि चन्द्रबहादुर लामाले गर्नुभएकाे थियाे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x