साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भीषण भाषण

डिग्री मास्टरको लिएँ तर पढी के पाइयो आखिर भन्छन् भाषणसाथ साक्षरहरू दिन्छौं ठुला जागिर बोल्ला आसनमा बसी तरुलझैँ मैले चिनेको गिठो आमा भाषण सुन्न जान्छु अहिल्यै खाना पकाऊ छिटो ।

Nepal Telecom ad

हिरा भट्ट “बदमास नम्बर दुई”:

भ्याट्भ्याट्भ्याट् भटटट्ट बाइक लिई रन्किन्छ र्‍याली अहा
प्याट्प्याट्प्याट् पटटट्टपट्ट पटपट् पड्किन्छ ताली जहाँ
टाई कोट नयाँ नयाँ र महझैँ बोली असाध्यै मिठो
आमा भाषण सुन्न जान्छु अहिल्यै खाना पकाऊ छिटो
|१|

ऊ ऊ जान्छ तिमी तँ जान्छ सहितै तेरा तपाईंहरू
हामी जान्छ म जान्छु जान्छ मसितै मेरा मपाईँहरू
होलान् कार करोडका झिलिमिली बाँड्लान् फकुल्ले बिटो
आमा भाषण सुन्न जान्छु अहिल्यै खाना पकाऊ छिटो
|२|

भत्ता भाषण भात भाषण अहा भान्से हजारौं मिसी
भाले भाषणसाथ भाग थपिने जिब्रो बटार्ने सिसी
झन् आश्वासन दूधमा भकभकी पाक्ला विकासे लिटो
आमा भाषण सुन्न जान्छु अहिल्यै खाना पकाऊ छिटो
| ३|

साथी जान्छ अरे ससानु जसको हो योग्यता स्नातक
ऊभन्दा म अगाडि पुग्न नसके मिल्ला र के आमद
जाऊँ साग र दाल भात नभए खाएर निस्तै ढिँडो
आमा भाषण सुन्न जान्छु अहिल्यै खाना पकाऊ छिटो
|४|

डिग्री मास्टरको लिएँ तर पढी के पाइयो आखिर
भन्छन् भाषणसाथ साक्षरहरू दिन्छौं ठुला जागिर
बोल्ला आसनमा बसी तरुलझैँ मैले चिनेको गिठो
आमा भाषण सुन्न जान्छु अहिल्यै खाना पकाऊ छिटो ।
|५|

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x