साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुराना नेता जिन्दावाद

जो गर्छन् उपचार राष्ट्रढुकुटी खर्चेर राजा बनी जो छर्छन् नि बजेट-गाँस गुलियो आफन्त आफ्ना गनी नौलो पो किन चाहियो रहिरहोस् उड्दो विकासे गति ए प्यारा जनता जिताउनुपर्‍यो नेता पुराना जति ।

Nepal Telecom ad
हिरा भट्ट  :
ताक्छन् बन्दुकनालबाट जसले जेन्जी युवाका शिर
जाक्छन् जो गणना गरी गरिबका सन्तान खाडीतिर
हार्ने हुन् कि भनी कनी दिन गनी बढ्दैछ चिन्ता अति
ए प्यारा जनता जिताउनुपर्यो नेता पुराना जति
।१।
भाले भाषण भाष्यले भडकले भर्छन् खुला कान जो
भ्रष्टाचार गुणस्तरीय विषको गर्छन् तुलादान जो
रोगी रोग उही र डाक्टर उही उस्तै रहून् ओखती
ए प्यारा जनता जिताउनुपर्यो नेता पुराना जति
।२।
आमाको मुटु काट्न चट्ट बलिया बन्छन् नि जो बन्चरा
जो बेच्छन् सुन-देशका नदनदी अग्ला हिमाली गरा
बारी गोरु उही रहून् मल उही उस्तै किसाने मति
ए प्यारा जनता जिताउनुपर्यो नेता पुराना जति
।३।
जो गर्छन् उपचार राष्ट्रढुकुटी खर्चेर राजा बनी
जो छर्छन् नि बजेट-गाँस गुलियो आफन्त आफ्ना गनी
नौलो पो किन चाहियो रहिरहोस् उड्दो विकासे गति
ए प्यारा जनता जिताउनुपर्यो नेता पुराना जति
।४।
तर् तर् सिन्धु सरस्वती हृदयका डुङ्गाहरूमा बसी
चिन्ने चिन्दछ चिन्नुपर्छ चिनियोस् बाङ्गो बगेको मसी
जो चिन्दैन कुरा खुरा र कुखुरा होला उसैको खती
ए प्यारा जनता हराउनुपर्यो नेता पुराना जति ।
।५।
०००
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x