साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होली नआओस् अब

प्यारो देश चिथोर्दछन् लुकिलुकी निर्लज्ज बोलीहरू हान्दैछन् कति देशका वदनमा लोला र लोलीहरू नेपालीपन खस्किने नियतको लोली नआओस् अब मेरा आँगनमा बगी रगतको होली नआओस् अब ।

Nepal Telecom ad

हिरा भट्ट :

सम्झी बादल लाग्न खोज्छ गहमा काँप्छन् परेलीहरू
फुल्दैनन् किन खै बगानबिचका कैयौँ चमेलीहरू
खुल्दो आगतले व्यथा विगतको घोली नआओस् अब
मेरा आँगनमा बगी रगतको होली नआओस् अब
।१।

कैयौँ जीवन टल्किने जल बनी छन् कर्कले-पातमा
आँखामा सपना,खुसी अधरमा,छैनन् चुरा हातमा
भो सिन्दूर चुरा बगाउन कुनै खोली नआओस् अब
मेरा आँगनमा बगी रगतको होली नआओस् अब
।२।

जल्दैछन् कति अग्निमा कहरका निर्दोष डोलीहरू
ढल्दैछन् कति कोपिला सरहका आक्रान्त चोलीहरू
ज्यादै दुर्बल उध्रिने समयको चोली नआओस् अब
मेरा आँगनमा बगी रगतको होली नआओस् अब
।३।

प्यारो देश चिथोर्दछन् लुकिलुकी निर्लज्ज बोलीहरू
हान्दैछन् कति देशका वदनमा लोला र लोलीहरू
नेपालीपन खस्किने नियतको लोली नआओस् अब
मेरा आँगनमा बगी रगतको होली नआओस् अब
।४।

एकैसाथ मिली बसून् हृदयमा रारा र फेवाहरू
डाकोस् आगतका सफा गगनले सेता परेवाहरू
बोकी बन्दुक बुद्धका अवनिमा गोली नआओस् अब
मेरा आँगनमा बगी रगतको होली नआओस् अब ।
।५।

०००
जन्मस्थल: पञ्चेश्वर- ६, बिजुल, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x