साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यिक होली

साहित्य स्रोत', 'गोर्खा', 'हिमाद्रि', 'युगवाणी', को प्रीत, 'शिक्षा' 'भारती' अनि 'साथी' सबका भिजे चोली कसले रोक्ने होली ? ।। यो साहित्यिक होली ।

Nepal Telecom ad

तुलसीबहादुर छेत्री :

खैलौं सबले हर्ष मनाई यो साहित्यिक होली ।
‘भानुभक्त’ ले आरम्भ गरे राम नाम रस घोली ।।
‘रघुनाथ’ जी सुन्दर काण्ड ली अघि नै थिए तयारी,
‘वसन्त’ कविका छली कृष्णजी हात लिई पिचकारी,
नेपाली जग उषा कालको स्वर्णिम रंग पसारी,
अलि मुसकाई हर्षित मनले खेले पहिलो होली
त्यो साहित्यिक होली ।।

“मोतिराम” ले भानुजीवनी मधुर गीत सुनाई
“शम्भु प्रसाद” रंग बिरंगी ढाँचा बहुत दिखाई,
खेल्दाे होली नूतन बोली ‘लेख, उठे घचडाई,
शुद्ध शव्दको अबीर चलाउँ भन्दै खोले होली
लौ मच्चियो होली ।।

‘बालकृष्ण’ जी नाटय भङ्गिले नवीन रङ्ग मिलाए,
“लक्ष्मी” कविता ललित भावले उच्चादर्श दिखाए,
‘धरणी’ दौडे ‘सिद्धि’ लुके औ महानन्द मुसकाए
‘गौतम’ छलिए ‘नेपाली’ जी बोले शब्द: छिचोली
‘आअो खेलें होली’ ।

‘सूर्य’ उदाए ‘रुप’ बडे औ पारसमणि को गाडी,
धेरै यात्रु ली ‘राम’ औ ‘भाइ’ झटपट चढे पछाडी,
कथा पक्का ‘हृदय’ जाँचनु ‘ईश्वर’ बढे अगाडी,
लुकी छिपिकन रङ्ग उडाउनु धेरै अाए टोली
खेल्न भनी यो होली ।।

लाल, गुलाबी, हरियो, नीलो, कैलो, बदामी, पीत
उडे रङ्ग सब दङ्ग ‘शारदा’ ‘उदय’ अनौठो रीत,
‘साहित्य स्रोत’, ‘गोर्खा’, ‘हिमाद्रि’, ‘युगवाणी’, को प्रीत,
‘शिक्षा’ ‘भारती’ अनि ‘साथी’ सबका भिजे चोली
कसले रोक्ने होली ? ।।
यो साहित्यिक होली ।।

०००
पं. बदरीनाथद्वारा सम्पादित पद्यसङ्ग्रह बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x