साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पागल पलायन

अचेल जहाँ पुग्याे, त्यहीँ नै पागल श्याल, गुगल व्याय र कविहरू एक साथ बर्बराएकाे देखिन्थे । फरक यति थियाे कि कविमा राष्ट्र वादकाे स्वर थियाे भने श्याल र गुगलमा अन्तराष्ट्रवादकाे अन्धभक्ति !

Nepal Telecom ad

डा. विदुर चालिसे :

-“भूगाेलकाे वास, गुगलकाे त्रास !”
भावुक कविकाे कविताका पङ्तिहरूमा उखानकाे प्रारम्भिक भाव नै देशमा हस्तक्षेपकाे विरूध्दमा थियाे । छचल्किएकाे अन्तस्करण भित्र कविकाे मनमा उठेकाे मातृभूमिकाे भावुक स्वर गुन्जिरहेकाे थियाे । उनी बेलाबेलामा भाव विह्वल भएर फेरि गाउन पुग्थे ।

-“विभिषणकाे महान षड्यन्त्रकाे कथा !”
उनी कविताका श्लाेकहरूद्वारा पीडा र वेदनाकाे जब कविता गाउँदै जान्थे । तब मातृभूमिकाे विगत गाथा कविताका लयहरूमा भाका हालेर बाैरन थाल्थे । बेलाबेला उनकाे अगाडि ब्रह्मराक्षस (लुसिफर) आएर डङ्का भट्भट्याउँथ्याे ।

-“अबकाे प्रधानमन्त्री मै हाे !”
वरिपरि रहेका श्यालहरू मातृभूमिकाे माटाे सुँघ्दै ‘हुईँ हुई’ गर्दै नाक आकासतिर फर्काएर चिच्याउँथे र दुई हात जाेडेर प्रार्थना गर्थे ।

-“चुनावी लडाईँ जित्नै पर्छ, भगवान् आकासबाट पैसा बर्साइदेउ !”
कविकाे भावुक मन श्यालहरूकाे यस्ताे पुकारा सुनेर फेरि भावुक कविता फुर्न थाल्याे । उनी गाउँदै जान थाले ।

-“ए राष्ट्रका सहारा, नबनाउ विदेशीका आहारा !”
उनकाे याे भाकाले गुगल व्यायहरूलाई कति छुन सकेन । उनीहरू एकाेहाेराे गुगलकाे मन्त्र पढ्न लागे । कविलाई धम्क्याउँदै नानाथरि असभ्य भाषा बाेल्न र उत्तेजना पाेख्न थाले ।
-“याे, वैयक्तिक स्वतन्त्रकाे अधिकार हाे !”
-“याे स्वतन्त्रता हाे कि अराजक स्वच्छन्दता ?”
-“स्वतन्त्रता सेनानीहरूकाे आदेश !”

अर्काेतर्फ भूगाेलका बासिन्दाहरू केही जान्दैन थिए । माटाे चुम्थे । गुगल व्यायहरूकाे भूगाेल विहिन भाषा बुझ्दैन थिए । कविहरूकाे भाका र व्यायहरूमा एउटा खास अन्तर थियाे ।

-“लभ लालचकाे प्रसङ्ग !”
लभ लालचकाे प्रस्तावित याेजनाकार माेफसलमा बसेर भूमिगत गिराेहकाे एकजना पेराेलप्रसाद गहन याेजना भट्ट्याइरहेका थिए ।

-“यसपाली चुनावमा त पुराना पार्टीहरू चैट !”
कविकाे आत्माकाे देश बिस्तारै भूगाेलबाट गुगलमा अस्थिर भएकाे अवस्थामा कविले नयाँ चमत्कारकाे लाेक भाकामा एक महाकाव्य लेखे ।
-“पागल पलायन !”

अचेल जहाँ पुग्याे, त्यहीँ नै पागल श्याल, गुगल व्याय र कविहरू एक साथ बर्बराएकाे देखिन्थे । फरक यति थियाे कि कविमा राष्ट्र वादकाे स्वर थियाे भने श्याल र गुगलमा अन्तराष्ट्रवादकाे अन्धभक्ति !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x