डा. विदुर चालिसेपागल पलायन
अचेल जहाँ पुग्याे, त्यहीँ नै पागल श्याल, गुगल व्याय र कविहरू एक साथ बर्बराएकाे देखिन्थे । फरक यति थियाे कि कविमा राष्ट्र वादकाे स्वर थियाे भने श्याल र गुगलमा अन्तराष्ट्रवादकाे अन्धभक्ति !

डा. विदुर चालिसे :
-“भूगाेलकाे वास, गुगलकाे त्रास !”
भावुक कविकाे कविताका पङ्तिहरूमा उखानकाे प्रारम्भिक भाव नै देशमा हस्तक्षेपकाे विरूध्दमा थियाे । छचल्किएकाे अन्तस्करण भित्र कविकाे मनमा उठेकाे मातृभूमिकाे भावुक स्वर गुन्जिरहेकाे थियाे । उनी बेलाबेलामा भाव विह्वल भएर फेरि गाउन पुग्थे ।
-“विभिषणकाे महान षड्यन्त्रकाे कथा !”
उनी कविताका श्लाेकहरूद्वारा पीडा र वेदनाकाे जब कविता गाउँदै जान्थे । तब मातृभूमिकाे विगत गाथा कविताका लयहरूमा भाका हालेर बाैरन थाल्थे । बेलाबेला उनकाे अगाडि ब्रह्मराक्षस (लुसिफर) आएर डङ्का भट्भट्याउँथ्याे ।
-“अबकाे प्रधानमन्त्री मै हाे !”
वरिपरि रहेका श्यालहरू मातृभूमिकाे माटाे सुँघ्दै ‘हुईँ हुई’ गर्दै नाक आकासतिर फर्काएर चिच्याउँथे र दुई हात जाेडेर प्रार्थना गर्थे ।
-“चुनावी लडाईँ जित्नै पर्छ, भगवान् आकासबाट पैसा बर्साइदेउ !”
कविकाे भावुक मन श्यालहरूकाे यस्ताे पुकारा सुनेर फेरि भावुक कविता फुर्न थाल्याे । उनी गाउँदै जान थाले ।
-“ए राष्ट्रका सहारा, नबनाउ विदेशीका आहारा !”
उनकाे याे भाकाले गुगल व्यायहरूलाई कति छुन सकेन । उनीहरू एकाेहाेराे गुगलकाे मन्त्र पढ्न लागे । कविलाई धम्क्याउँदै नानाथरि असभ्य भाषा बाेल्न र उत्तेजना पाेख्न थाले ।
-“याे, वैयक्तिक स्वतन्त्रकाे अधिकार हाे !”
-“याे स्वतन्त्रता हाे कि अराजक स्वच्छन्दता ?”
-“स्वतन्त्रता सेनानीहरूकाे आदेश !”
अर्काेतर्फ भूगाेलका बासिन्दाहरू केही जान्दैन थिए । माटाे चुम्थे । गुगल व्यायहरूकाे भूगाेल विहिन भाषा बुझ्दैन थिए । कविहरूकाे भाका र व्यायहरूमा एउटा खास अन्तर थियाे ।
-“लभ लालचकाे प्रसङ्ग !”
लभ लालचकाे प्रस्तावित याेजनाकार माेफसलमा बसेर भूमिगत गिराेहकाे एकजना पेराेलप्रसाद गहन याेजना भट्ट्याइरहेका थिए ।
-“यसपाली चुनावमा त पुराना पार्टीहरू चैट !”
कविकाे आत्माकाे देश बिस्तारै भूगाेलबाट गुगलमा अस्थिर भएकाे अवस्थामा कविले नयाँ चमत्कारकाे लाेक भाकामा एक महाकाव्य लेखे ।
-“पागल पलायन !”
अचेल जहाँ पुग्याे, त्यहीँ नै पागल श्याल, गुगल व्याय र कविहरू एक साथ बर्बराएकाे देखिन्थे । फरक यति थियाे कि कविमा राष्ट्र वादकाे स्वर थियाे भने श्याल र गुगलमा अन्तराष्ट्रवादकाे अन्धभक्ति !
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































