साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फ्याङ्ले काेट

"देश बनाउन खाेक्नाेस, पाएकाे जति धाेक्नाेस, इतिहास रच्ने नाममा जनताकाे बचत रकम बाेक्नाेस् !" त्यसपछि बिक्रेता बर्बराउन थाल्याे । -"गद्दारहरू ! काेटकाे मूल्य नै नबुझ्ने !"

Nepal Telecom ad

डा. विदुर चालिसे :

-“याे सिस्नाेकाे, याे अल्लाेकाे, याे कस्मिराकाे, याे ऊलनकाे, याे सनपाटकाे !”
यस्ताे मुखाग्र विज्ञापन सुनेर झाेक्राउँदै सडकमा हिंडिरहेकाे विध्दान् वर्णामीकाे ध्यान त्यसै आकृष्ट भयाे । उसकाे ध्यान तानिरहेकाे समयमा उसलाई एक विचार आयाे । उसले काेट किन्ने विचार गरेर बिक्रेतालाई साेध्याे ।
-“सनपाटकाे काेट कति पर्छ ?”

बिक्रेताले उसलाई उसाे अनुहारमा हेर्याे । चिनेचिने जस्ताे गरेर वर्णामीलाई साेध्याे ।
-“तपाईं त प्राेफेसर हाेइन र ?”
-“हाे !”
-“अनि प्राेफेसरले पनि सनपाटकाे काेट लगाउँछन् त ?”
-“के काे लगाउने त ?”
-“सिस्नाेकाे लगाउने नि !”
-“किन र ?”
-“त्यसले मानिसलाई पाेल्छ, पाेलाउन लाग्छ, पाेलिदिन्छ र तापमान सन्तुलनमा ल्याउँछ । जाडाेमा ताताे अनि ताताेमा शीतल !”

ज्ञान र विद्वताले पूर्ण पाकेकाे दाह्री जुँगा फुलिरहेकाे प्राेफेसर चिल्लाउन थाल्याे । उसकाे चिल्लाइमा एक अनिंद्राकाे ज्वाला प्रकट भएकाे थियाे । भन्याे ।
-“सनपाटले पनि त घाेचिघाेची रूवाउँछ अनि निंद्रा लागेकाे बेलामा भुसुक्क निदाउन राप दिन्छ !”
प्राेफेसरकाे कुरा सुनेर बिक्रेता फेरि हल्ला गर्न लाग्याे ।
-“सिस्नाे, अल्लाे, कस्मिरा, ऊलन र सनपाटकाे थरिथरी दाम, किन्नेलाई एउटै काम !”
बल्ल प्राेफेसरले फ्याङ्ले काेटकाे पकेटबाट लामाे कागजकाे चिर्कटाे निकालेर घाेषणा गर्याे ।
-“अब देशमा गणतन्त्र लागु भयाे ।”

काेट बेचिरहेकाे बिक्रेता हडबडाउन थाल्याे । उसले एकाएक सबै काेटहरू पाेकाे पार्न थाल्याे । पाेकाे परेका काेटहरू हतार हतारमा बिक्रेताले लिलामीका लागि अर्काे विज्ञापन गर्याे ।
-“आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरू ! असफलतातिर नजानुस् !”

प्राेफेसरले लगाइरहेकाे फ्याङ्ले काेट बारे सडकभरि चर्चा हुन थाल्याे । चर्चाकाे शिखरमा रहेकाे प्राेफेसरकाे फ्याङ्ले काेटमा केही झुत्रा तमसुकहरू थिए । केही निवेदन र काेटकाे बारेमा गरिएका विज्ञापनकाे बखान थियाे। त्यसमा एउटै सत्य लुकेकाे थियाे ।
-“देश बनाउन खाेक्नाेस, पाएकाे जति धाेक्नाेस, इतिहास रच्ने नाममा जनताकाे बचत रकम बाेक्नाेस् !”
त्यसपछि बिक्रेता बर्बराउन थाल्याे ।
-“गद्दारहरू ! काेटकाे मूल्य नै नबुझ्ने !”

प्राेफेसर दलालकाे भाषा बुझेर मरिमरी हाँस्न थाल्याे । उसले जनतातिर फर्केर प्रश्न गर्याे ।
-“फेरि सिध्दान्त पढ्छाै ?”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
मानवता

मानवता

लक्ष्मी रिजाल
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x