साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तनको घन्टी

जुन दिन जोमसोमको बेहुला रूपकुमार बिष्ट झापाको घैलाडुब्बाकी विधवा पोडेनी दिलमायाकी छोरीसित, अलकत्रे बाटो समाती, झ्याइँझ्याइँ पञ्चेबाजा बजाउँदै, बिहा गर्न आउनेछन्, ...

Nepal Telecom ad

राजेन्द्र विमल :

जुन दिन हजुरको
महलमा
खाइने परिकारजस्तै
लोमान्थाङको लाक्पा लापाको भत्किएको झुपडीबाट
हजुरकै पराक्रमले परिवर्तित भएको महलभित्र पनि
उनका लाला बालाले उस्तै परिकार
खाएर रमाउने छन्,
मेरो हृदयभित्र परिवर्तन को पहिलो घन्टी
बज्नेछ-टिङ्ग्रिङ ..टिङ्ग्रिङ,..टिङ्ग्रिङ..

जुन दिन हजुरका छोरा-छोरी,
र, सिरहाको हथियाही गाउँ बस्ने
दिलचनमा डोमका
छोराछोरीहरू
एउटै स्कूलमा एउटै बेन्चमा बसेर,
संगसंगै पढ्ने मुहूर्त आउँछ,
मेरो हृदयभित्र परिवर्तनको घन्टी
फेरि बज्छ-टिङ्ग्रिङ.. टिङ्ग्रिङ.. टिङ्ग्रिङ..
जुन दिन हजुर , हजुरका बाबु-आमा
वा छोरा-छोरीले विदेशको अस्पताल नगई
आफ्नै मातृभूमिको ठूलो अस्पतालमा
उपचार गराउन पाउने छन्
र वालुङचुङको तिप्तिला भञ्ज्याङका
नेप्टे वालिङ ,उनकाआमा-बाबु तथा
छोरा-छोरीका पनि त्यसै अस्पतालमा
उपचार गर्ने औकात पुग्नेछ,
हाम्रो हृदयभित्र परिवर्तनको घन्टी
बज्नेछ-टिङ्ग्रिङ.. टिङ्ग्रिङ.. टिङ्ग्रिङ.
.
जुन दिन जोमसोमको बेहुला
रूपकुमार बिष्ट
झापाको घैलाडुब्बाकी विधवा पोडेनी
दिलमायाकी छोरीसित,
अलकत्रे बाटो समाती,
झ्याइँझ्याइँ पञ्चेबाजा बजाउँदै,
बिहा गर्न आउनेछन्,
मेरो हृदयभित्र परिवर्तनको घन्टी बज्नेछ-टिङ्ग्रिङ ..
टिङ्ग्रिङ.. टिङ्ग्रिङ..टिङ्रग्रिङ… ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x