साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँच्चै हो रहेछ

सबै कुरा सत्य नै रहेछन् । उसले आफू नजिकै रहेका रमिते ३,४,५,६ सँग भन्यो -- सिंहदरबार गाउँगाउँमा आएको छ भन्थे साँच्चै हो रहेछ ?!

Nepal Telecom ad

रामकृष्ण ढकाल :

पर्दा खुल्छ ।

(घना तर अव्यवस्थित बस्तिको मध्य्र्भागमा रहेको फराकिलो चोकको डबलीको दृश्य । मञ्चमा दुई हूल प्राणिहरू देखिन्छन – एक हूल रमिता हेर्नेहरूको र अर्को हूल रमिता देखाउनेहरूको । रमिता हेर्नेहरू मनुवा जातका प्राणिहरू छन केहि सयको सङ्ख्यामा जो कहिले यता कहिलेउता गरिरहेका, एक आपसमा खासखुस गरिरहेका छन् । यहि दृश्यको बीचमा अर्को दृश्य पनि रहेछ ।)

रमिते १ (जो रमिताभएको ठाउँभन्दा अल्लि पर उभिएकोहुन्छ । त्यहिँ नजिकै रमिते २ आइपुगेपछी ):- ओइ त्यहाँ के भाको हो ? थुप्रै मान्छे जम्मा भएका छन् त ?! तँ त्यहिँ गएर आको हैन ? मलाई भन्न कुरो के हो ?
रमिते २:- त्यहाँ डबलिको बीचमा कतैबाट एकहूल जनावरहरू आएकारहेछन । मान्छेहरू के क्केन नौलो प्राणी देखेकोजस्तो गरी झुम्मिइरहेका छन् ।
रमिते १:- किन ? कुन जातका प्राणिहरू रहेछन् र ?
रमिते २:- उहीँ देखिरहेको जातका नै हुन । एउटा अल्लिठूलो चाहिँ अश्वजातसँग धेरैहदसम्म मिल्दोजुल्दो छ भने अरू सानाखालेचाहिँ हनुमानजीसँग ।

रमिते १:- ए ! अनि के गर्दैछन् त ती प्राणिहरू ?
रमिते २:- केही होइन, आ-आफ्नो स्वभावको प्रदर्शन गर्दैछन् ।
रमिते १:- भन्नाले ? अल्लि प्रष्ट हुनेगरि भन न !
रमिते २:- जिद्दी गरिहालिस् ल सुन । ठूलोचाहिँ राजाजस्तो पल्टेर गजधम्म एउटा आसनमा बसेको छ भने सानाेचाहिँ लाम लागेर पालैपालो ठूलोलाई कन्याइदिने, पाउ चाटिदिने, कुनै आहारा भेटे बाँडिचुँडी गरेर खाने, हामीजस्ता सोझासीधालाई हप्काउने, चिथोरौंलाजस्तो गर्ने त्यही त हो । जनावरले अरू के नै जानेका हुन्छन् र ! बरू कहिल्यै नदेखेको अचम्मभने आज यहीँ देखियो ।

रमिते १:- के देखिस् र त्यस्तो नौलो ?!
रमिते २:- अरू त केही होइन ती दुवै थरी जनावरहरूले केही नबुझिने बाङ्गाटेढा सोझा विभिन्न धर्काहरू कोरिएका कागजको लुगा लाएका छन् । अनि लुगाले छोप्न बाँकी रहेको शरीरको भागहरू जस्तै अनुहार, नाडी आदिमा पात झरेर शिख्रो भएका रुखहरूका काला काला बुट्टाहरू छन् । अनि दुवै थरिको आँखामा चस्मा लगाएको जस्तो देखिनेगरी पैसाको नोटका श्वेतश्याम चित्रहरू छन् । मैले आजसम्म यस्तो चित्र ज्यानमा छापिएका जनावर कहिल्यै देखेको त के सुनेकोसम्म पनि थिइन । आज आफ्नै आँखाले प्रत्यक्ष देखें । अझ अर्को झन अचम्मको कुरो त ती जनावरहरूमध्ये सानाखालेले भूइँमा केही लेखेजस्तो गर्ने र ठूलोचाहिँलाई देखाउने अनि ठूलोलाई कुनै चारो टक्र्‍यायो भने त्यो लेखेको कुरो हेरेर सच्याएजस्तो पनि गर्दोरहेछ । अझ त्यो ठूलो ले नै यस्सो मेसोपालो मिलाएर अधिक चाकरी गरेबापत केही चारोका टुक्राहरू बक्सिस पनि दिँदोरहेछ । अनि त्यसैको लोभले होला चाकरिको अघोषित होडबाजी नै चल्दोरहेछ ।

रमिते १:- हँ! हो र ? यस्तो त मैले पनि कहिल्यै सुनेकोसम्म पनि थिइन । यस्तो अचम्म त अरू बेलामा अरू ठाउँमा कहिँ कतै सुन्न देख्न पाइँदैन । यहिँ त्यस्तोछ भने म पनि एकचोटि हेर्न त्यही भिडमा जान्छु । ल यो जानकारीका लागि तँलाई धन्यवाद । (ऊ मञ्चको बीच तिर जान्छ । रमिते २ चाहिँ आफ्नो घरतिर जान्छ ।)

जब रमिते १ भिडमा पस्यो उसले आफ्नै आँखाले देख्यो कि त्यहाँ त बाँदरहरू मख्ख परेर गधाको चाकरी गर्दैछन् । अघि भर्खरै अर्कोले भनेको सबै कुरा सत्य नै रहेछन् । उसले आफू नजिकै रहेका रमिते ३,४,५,६ सँग भन्यो — सिंहदरबार गाउँगाउँमा आएको छ भन्थे साँच्चै हो रहेछ ?!

पर्दा खस्छ ।

०००
२०८२ चैत्र ५
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कारण

कारण

रामकृष्ण ढकाल
भिल्लपुर वाङ्मय

भिल्लपुर वाङ्मय

रामकृष्ण ढकाल
अदालत

अदालत

आर.सी. रिजाल
विद्यार्थी जीवन

विद्यार्थी जीवन

अनुश्री आचार्य
सहरिया

सहरिया

सीताराम नेपाल
ससुराली !

ससुराली !

धनराज गिरी
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x