साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशको स्थिति

जल्दा देश रमाउँछौँ कति यहीँ हामी अरे कर्मठ आमाको उपचार गर्छ कसले छौँ पुत्र हामी शठ आमाको सपना न हुन्छ विपना नारा बने भोटका हाम्रो यो गणतन्त्रमा किन सधैँ चल्छन् कुरा नोटका ?

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

नेता धेर भए विभिन्न गुणका नेपाल नास्ने भए
पुर्खाको गरिमा विरासत छ जे सम्पूर्ण मास्ने भए
कोही भारत चीनका नजिकमा घुम्नेहरू छन् यहाँ
कोही सुन्छु अमेरिकातिर पुगी झुम्नेहरू छन् यहाँ ।

कोही भारु समाउँछन् डलरको खेती यहाँ गर्दछन्
कोही ढाँट कुरा गरी भ्रम छरी साँढे बनी चर्दछन्
जान्ने मै हुँ सबै भनी मन खुसी बोल्नेहरू छन् वृथा
हाम्रा गोप्य कुरा अकार्थ घरका सम्पूर्ण खोल्छन् उता ।

गाली गर्न सिपालु छन् कति यहाँ जिब्रा अचाक्ली छुचा
बोल्दा होस गुमाउँछन् कति जना झुट्टा फलाक्छन् बुचा
कोही छन् तगडा गरेर झगडा राँगो बनी नाच्दछन्
चोरी भोट जिती पुगी सदनमा कुर्सीहरू भाँच्दछन् ।

जो जो बाघ थिए हिजो विपिनका ती स्याल जस्ता भए
खान्छौँ घाँस भनी खुला चहुरमा ती चर्न घिस्री गए
हाम्रो देश बिगार्नमा कति यहाँ डाक्छन् विदेशी नर
माटोमाथि दलाल गर्छ जसले हुन् देशका तस्कर ।

जल्दा देश रमाउँछौँ कति यहीँ हामी अरे कर्मठ
आमाको उपचार गर्छ कसले छौँ पुत्र हामी शठ
आमाको सपना न हुन्छ विपना नारा बने भोटका
हाम्रो यो गणतन्त्रमा किन सधैँ चल्छन् कुरा नोटका ?

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x