साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुतो फालिस् तैँले ?

सुकेलुतो कन्याएर कहिलेसम्म बस्छस् ? फोहोरको डंगुरमा अझै कति हाँस्छस् ? हिम्मत छ कि छैन तेरो पाइला अघि चाल्ने, लुतो–रूपी अगुल्टोलाई कान्लोबाट फाल्ने फाल्ने ?

Nepal Telecom ad

डा. शरद परासर मरहट्टा :

डेबिट्–क्रेडिट्, हिसाब–किताब झन्झटिलो थियो,
आर्थिक वर्ष तमामले पीडा अझ दियो।
असारको खेतिपाती सक्यौं हिजो साँझ,
माताजीले हप्काउँदै भन्नुभयो आज :

“सानो छँदा सिकाएकी हो कि हैन मैले ?
आज साउने संक्रान्ति हो — लुतो फालिस् तैँले ?”

“लुतोमय भयो गाउँ, लुतोजस्तै मत,
कार्यालयभित्र लुतो, लुते अदालत।
अस्पताल लुतो बोक्छ, मन्त्रीहरू बोक्छन्
‘छैन लुतो यहाँ!’ भन्दै मुखियाँले खोक्छन्।”

“सानो छँदा सिकाएकी हो कि हैन मैले ?
आज साउने संक्रान्ति हो — लुतो फालिस् तैँले ?”

“सुकेलुतो कन्याएर कहिलेसम्म बस्छस् ?
फोहोरको डंगुरमा अझै कति हाँस्छस् ?
हिम्मत छ कि छैन तेरो पाइला अघि चाल्ने,
लुतो–रूपी अगुल्टोलाई कान्लोबाट फाल्ने फाल्ने ?”

“सानो छँदा सिकाएकी हो कि हैन मैले ?
आज साउने संक्रान्ति हो — लुतो फालिस् तैँले ?”

०००
नर्थ क्यारोलिना, अमेरिका
(जुलाई १७, २०२५ / साउने सक्रान्ति, २०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रामायणदेखि बासी वाइनसम्म

रामायणदेखि बासी वाइनसम्म

डा. शरद परासर मरहट्टा
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
झ्यालबाहिरको रौनक

झ्यालबाहिरको रौनक

डा. शरद परासर मरहट्टा
ऊसँगका हाँसो, खुसी र पीडाका पलहरू

ऊसँगका हाँसो, खुसी र...

डा. शरद परासर मरहट्टा
‘निरो’का बाँसुरी सुन्नेहरू

‘निरो’का बाँसुरी सुन्नेहरू

डा. शरद परासर मरहट्टा
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x