फित्काैली डटकमभाेज अर्यालकाे ‘सेता भिर यता पीर’ कृतिमाथि परिचर्चा
कवि तथा लेखक भोज अर्यालकाे कविता सङ्ग्रह, सेता भिर यता पीरको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अनलाइन प्लेटफर्म जुमको माध्यमबाट भएको उक्त कार्यक्रम बाङ्गा अक्षरले आयोजना गरेको थियो ।

टोरन्टो क्यानाडा, २०८२ असार २९ । क्यानाडाको रिजाइना, निबासी कवि तथा लेखक भोज अर्यालद्वारा लिखित कविता सङ्ग्रह, सेता भिर यता पीर, को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
अनलाइन प्लेटफर्म जुमको माध्यमबाट भएको उक्त कार्यक्रम बाङ्गा अक्षरले आयोजना गरेको थियो । पेसिफिक समय अनुसार विहान सात बजे शुरु भएको कार्यक्रम डि सी नेपालद्वारा प्रत्यक्ष प्रसारण समेत गरियो ।
कार्यक्रममा बोल्दै परिचर्चाकार खेमराज पोख्रेलले आफ्नो धारणा राख्नु भयो । उहाँले उक्त कृति गीति काव्यको शैलीमा नजिक भएर लेखिएको हुँदा गुनगुनाउँन सकिने कुरा औँल्याउनु भयो ।
कविता सङ्ग्रहमाथि चर्चा गर्दै डा. ऋषि वास्ताकोटीले अर्यालका कविताले सरल र सहज तरिकाले गाउँघरदेखि देश विदेश बसाइका भावना बोकेको कुरा व्यक्त गर्नु भयो ।
त्यसै गरि डा. कुसमाकर शर्मा गौतमले कवितामा अन्तरमनको ध्वनि गुन्जिनु पर्ने कुरा बताउनु भयो । विदेश बसाइका भोगाइहरु समेत समेटिएका केही प्रसंगहरुको चर्चा गर्नु भएकाे थियो ।
कवि तथा गजलकार युवराज भन्डारीले पुस्तकमा समावेश केही कविता पङ्क्ति पढेर सुनाउनु भयो । अर्यालका कविताले देश, समाज र मानिसको मनोविज्ञानका विविध पाटाहरु समेटेको कुरा औल्याउनु भयो ।
कार्यक्रमको शुरुमा कवि प्रमोद आमात्यले स्वागत मन्तव्य राख्नु भयो । उहाँले पुस्तक परिचर्चा कार्यक्रमले लेखकको समेत बुझाइको क्षितिज फराकिलो बन्ने दावी गर्नु भयो ।
यसै अवसरमा बोल्दै कवि भोज अर्यालले आफ्नो लेखन यात्राका तिता मिठा अनुभव सुनाउनु भयो । सुरुमै उहाँले आफ्नो पहिलो कविता वाचन समेत गर्नु भयो । आफू सक्रिय रुपमा लेख्दै जाने कुरा समेत अर्यालले बताउनु भयो ।
कार्यक्रममा कवि तथा लेखक राजेन्द्र कार्कीले यस कार्यक्रमबाट आफू उत्साहित भएको कुरा गर्नु भयो । कार्यक्रम सन्चालन गर्दै संयोजक नारायण भट्टराइले बाङ्गा अक्षरको यस अभियानमा जोडिएकोमा सबै साहित्यकारहरुको प्रशंसा गर्नु भयो ।
सबै वक्ताहरुले कृतिकार अर्याललाइ बधाइ तथा शुभकामना समेत दिनु भएको थियो ।
०००
भाेज अर्यालकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































