साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चलचित्र अटिजम अब यु ट्युब च्यानलमा

निबन्ध आचार्यकाे प्रस्तुतिमा निर्मित याे चलचित्रमा साहित्यकारहरु गङ्गा पौडेल, प्रा.डा. रामप्रसाद ज्ञवाली, शङ्कर भारती, वेदमणि घिमिरे, विष्णुबहादुर सिंह, प्रभा श्रेष्ठ, रामकुमार पण्डित, सुशीला पौडेल, पुण्यराज पुडासैनी, राजबाबु श्रेष्ठ सागरलगायतको अभिनय रहेको छ ।

Nepal Telecom ad

निबन्ध आचार्यकाे प्रस्तुतिमा निर्मित याे चलचित्रमा साहित्यकारहरु गङ्गा पौडेल, प्रा.डा. रामप्रसाद ज्ञवाली, शङ्कर भारती, वेदमणि घिमिरे, विष्णुबहादुर सिंह, प्रभा श्रेष्ठ, रामकुमार पण्डित, सुशीला पौडेल, पुण्यराज पुडासैनी, राजबाबु श्रेष्ठ सागरलगायतको अभिनय रहेको छ ।

काठमाडाै, २०८२ असार ३२ । रिच भिजन सिनेम्याक्स स्टुडियोको तर्फबाट साहित्यिक पत्रकार (कपन बानेश्वर साहित्यक साप्ताहिकका प्रकाशक सम्पादक) निबन्ध आचार्यको प्रस्तुति रहेको सन्देशमुलक साहित्यप्रदान चलचित्र अटिजम अब यु ट्युब च्यानलबाट प्रशारण हुने भएको छ ।

कपन बानेश्वर साहित्यिक साप्ताहिकको तेह्रौं वार्षिकोत्सवको अवसर पारेर साउन ५ गते सोमबार २ बजे kapan baneshwor sahityik च्यानलबाट सार्वजनिक हुने चलचित्र अटिजमका सह निर्देशक साहित्यकार तथा कलाकार विक्रम श्रेष्ठ सागरले जानकारी दिनुभयो ।

चलचित्रमा विक्रम श्रेष्ठ सागरको अलावा साहित्यकारहरु गङ्गा पौडेल, प्रा.डा. रामप्रसाद ज्ञवाली, शङ्कर भारती, वेदमणि घिमिरे, विष्णुबहादुर सिंह, प्रभा श्रेष्ठ, रामकुमार पण्डित, सुशीला पौडेल, पुण्यराज पुडासैनी, राजबाबु श्रेष्ठ सागर, विजय कट्टेल, माधवलाल श्रेष्ठ, दिवाकर शाह लगायतको अभिनय रहेको छ । कथा/ निर्माण : निबन्ध आचार्य, सङ्गीत/ निर्देशन : केशव सान्दाइ,पटकथा/ संवाद: विक्रम श्रेष्ठ सागर, नृत्य: दीपक तामाङ ,छायाङ्कन : तिलक गौतम रहेको चलचित्र अटिजममा सुशील पोखरेल, शुष्मा कार्की, प्रतीक शर्मा, सृष्टि आचार्य, करुणा पोखरेल, मिठुकृष्ण श्रेष्ठ, पुष्कर जङ्गम, सौरव ढकाल, श्रद्धा कोइराला र अटिजम भएका सम्मान आचार्यसहित पचास भन्दा बढी नयाँ पुराना कलाकारहरुको अभिनय रहेको छ ।

अटिजमको सामान्य जानकारीका साथै युवाहरुको विदेश पलायनलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्र अटिजम हलमा प्रदर्शन गर्न खर्चिलो भएको र ठुला कम्पनीले नयाँलाई खासै वास्ता नगर्ने हुँदा आफ्नै यु ट्युब च्यानलबाट प्रशारण गरिएको बताइएकाे छ ।

युटुव च्सयानलमा चलचित्र हेरिदिएर सब्स्क्राइब गरिदिनुहुन सबै दर्शकलाई निर्देशक सान्दाइले आग्रह गर्नुभएको छ ।

०००
निबन्ध आचार्यकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x