साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध भए पनि जो जन पूज्य छ

जीवन साधन अग्रजबाट, लिई अघि बढ्छ र चढ्छ तला। सिक्छ उनैसित कार्यकला अझ हुन्छ समर्पित पाउ परी । वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

मात्र वयस्क छ लक्ष्य विहीन छ हुन्न भलाेजन याैवनले।
गर्छ परिश्रम वृद्ध बनाेस् किन, साेच उदात्त छ,साधनले।।
दीर्घ विचार छ,भित्र निखार छ ज्ञान उचाल्दछ बुद्धसरि।
वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि।।१।।

युद्ध जिते कति,वृद्ध हुँदा गति चित्त गयाे न त विग्रहमा ।।
भित्र कलेवर सभ्य, सधैंँभर, झुल्छ विहङ्गम जीवनमा ।।
थाक्छ न ता मन जीर्ण बनाेस् तन सत्य सदाशय कर्म गरी।।
वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि।।२।।

नत्र घमण्ड छ साेच अनन्त छ सन्ततिका अझ लक्ष्य प्रति ।
चिन्तन एक छ,नित्य बढून् पद साथ लिईकन अग्रगति।।
प्रेम सधैँभर, न्याय बराबर हुन्छ सबैसित ज्ञान छरी ।
वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि।।३।।

सङ्कट आउँछ कार्य समाल्नु छ,जानु छ दूर कतै भवमा।
हुन्न तथा,डर साथ सधैँभर वृद्ध कुनै यदि हाेस् सँगमा ।।
सारथि बन्दछ वृद्ध र युद्ध जितिन्छ सदा रण पार गरी ।
वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि।।४।।

हुन्छ युवा पनि आदर युक्त विहङ्गम साथ छ सभ्य कला।
जीवन साधन अग्रजबाट, लिई अघि बढ्छ र चढ्छ तला।।
सिक्छ उनैसित कार्यकला अझ हुन्छ समर्पित पाउ परी ।
वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि।।५।।

०००
आत्माराम न्यौपानेकाे संयाेजनमा भक्तपुर बुढ्यौली साहित्य समाजकाे अभ्यास श्रृङ्खला अन्तर्गत ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x