साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुतो फाल्नुपर्यो मिलीजुली

कन्याउँदा नि सन्चो हुन्न चिलाइराख्ने सुके लुतो ! भ्रष्टलाई सल्काइदिन थाल्नुपर्यो मिलीजुली !

Nepal Telecom ad

काशीनाथ मिश्रित :

साउने सक्रान्तिमा लुतो फाल्नुपर्यो मिलीजुली
चेतनाको नयाँ राँको बाल्नुपर्यो मिलीजुली

लामखुट्टेकै कारणले लाग्न सक्छन् धेरै रोग
जोगिनलाई ठुलै झुल हाल्नुपर्यो मिलीजुली

लामखुट्टेका फुलहरू खाइदिन्छन् रे भ्यागुताले !
माछा होइन भ्यागुता नै पाल्नुपर्यो मिलीजुली

भ्यागुतालाई खान भन्दै आउन सक्छन् सर्पहरू
सर्प रोक्ने कदम छिटै चाल्नुपर्यो मिलीजुली

फोहोर पानी सङ्लिएका देशभरी छन् खाडलहरू
स्थायी रूपले खाल्टाखुल्टी टाल्नुपर्यो मिलीजुली

कन्याउँदा नि सन्चो हुन्न चिलाइराख्ने सुके लुतो !
भ्रष्टलाई सल्काइदिन थाल्नुपर्यो मिलीजुली !

भ्रष्टाचार मौलाउने अजङ्गको रुख रैछ
फेदैबाट बन्चराले ढाल्नुपर्यो मिलीजुली ।

०००
२०८२ साउन १ गते
रुरुक्षेत्र ५, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x