साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पात्र चिन्ने गाईजात्रे प्रतियोगिता

ज्योतिषीले भनेकैछन्, फेरि पालो आउँछ, हुक्के, चम्चे, बगैँचेमा नयाँ कान्ति छाउँछ। त्यसैले त जे भए नि लिन्न मैले चाँसो, “भिजिट् भिसा” मेरो लागि ठट्टा, खेल, हाँसो !

Nepal Telecom ad

डा. शरद परासर मरहट्टा :

(तलका पात्रहरू चिन्नुहुन्छ भने कमेन्ट बक्समा लेख्नुहोला। सबै पात्रहरूको सही पहिचान गर्न सक्ने व्यक्तिहरूमध्ये गाईजात्रे पद्धतिबाट छानिएकाहरूलाई अर्को वर्षको गाइजात्रामा व्यङ्ग्यात्मक उपहार दिनका लागि फित्कौलीका सम्पादकसमक्ष सिफारिस गरिनेछ।)

पात्र – एक
पै’ले–पै’ले छिर्के हान्दै, आफैं मात्र बोल्ने गर्थे,
संसदमा पालो मिच्दै, ज्वाला बनी पोल्ने गर्थे।
नपढेर सही ठोक्दा अक्करमा म छु आज,
“कुलिङ्ग”बाट “फुलिङ्ग” भई, क्या’र्नु – क्या’र्नु भा’छु आज।

पात्र – दुई
त्यो बेला पो’ सान थियो, “राजा” सरी मान थियो,
मध्यराति सही ठोक्दा छुट्टै अभिमान थियो।
घोडा, बग्गी, अघि–पछि, थियो, अव सपना भो’,
“सूर्य” सँगै हाँस्न खोज्दा, औँसीजस्तो विपना भो’।

पात्र – तीन
“कुश्मा”बाट “रेल” ठेली, मधेशमा झरेको छु,
खडेरीमा “बोरिङ्ग” ठेल्ने, प्रहसन गरेको छु।
टारी–फाँट मेरा बिर्ता, दाँही गर्दै न्याकेको छु,
कुर्सी छुन खोज्नेलाई, जेलभित्र जाकेको ।

पात्र – चार
महाकाली सन्धी गर्दा लगाएँथे गुन,
सम्झनामा रै’छ उन्को तिरे मेरो रिण।
त्यसैले त हाकिम छु निर्माताको “विधि”,
निलम्बन गर्ने डण्डा रुचाउँछु औधि।

पात्र – पाँच
रोल्पादेखि कीर्तिपुर दौडादौडी थियो,
सिराहाले सातो लिँदा आच्छु–आच्छु भयो।
चितौनदेखि उफ्रिएर गोर्खा पुगे हिजो,
कहाँ पुगी मिलाऊँ म चौरासीको चाँजो?

पात्र – छ
ज्योतिषीले भनेकैछन्, फेरि पालो आउँछ,
हुक्के, चम्चे, बगैँचेमा नयाँ कान्ति छाउँछ।
त्यसैले त जे भए नि लिन्न मैले चाँसो,
“भिजिट् भिसा” मेरो लागि ठट्टा, खेल, हाँसो !

०००
नर्थ क्यारोलिना, अमेरिका
अगस्ट १०, २०२५ (गाईजात्रा)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
झ्यालबाहिरको रौनक

झ्यालबाहिरको रौनक

डा. शरद परासर मरहट्टा
ऊसँगका हाँसो, खुसी र पीडाका पलहरू

ऊसँगका हाँसो, खुसी र...

डा. शरद परासर मरहट्टा
‘निरो’का बाँसुरी सुन्नेहरू

‘निरो’का बाँसुरी सुन्नेहरू

डा. शरद परासर मरहट्टा
लुतो फालिस् तैँले ?

लुतो फालिस् तैँले ?

डा. शरद परासर मरहट्टा
भानुसँगको वार्ता

भानुसँगको वार्ता

डा. शरद परासर मरहट्टा
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x