साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूल्दाजुको स्मार्ट गाईजात्रा

भाङमय शिवरात्री जात्रा आकाश छुने भवनभित्र हुनेखानेका खुराफाती वार्ता सडक र गल्लीमा नाङ्गो करङ रेटेर बजाइएको भोकमय संगीतको यात्रा— कस्तो रमाइलो ठूल्दाजुको स्मार्ट गाइजात्रा !

Nepal Telecom ad

नारायण भट्टराई :

आउनुहोस् हेर्नुहोस् अमेरिकी जात्रा
तिरेर कहिल्यै नसकिने जीवनको अनन्त यात्रा
यहाँ खुशीहरू किन्न पाइन्छ
तर किन्नेको गोजी बलियो चाहिन्छ
प्रायः खुशीहरू सेलमा आउँछन्
त्यसैले मानिसहरू झोला बोकेर
ठूला ठूला व्यापारिक केन्द्रमा धाउँछन्।
यहाँ जात्रा हेर्न कहीं जानु पर्दैन
घर घरमा देख्न पाइन्छ
क्लोजेटमा जानुस् कपडाको जात्रा
फ्रिजमा हेर्नुस् खानेकुराको जात्रा
वालेट र पर्समा हेर्नुस् क्रेडिट कार्डको जात्रा
बच्चाका कोठामा हेर्नुस् आइप्याड र आइपडको जात्रा
बाबुआमाका हातमा हेर्नुस् आइफोनको जात्रा
किन्नै पर्ने तर तिरेर नसकिने अविराम जीवनको जात्रा।
यहाँ चाहिएकै मात्र किनिँदैन
सपिङ गर्नु भनेको सामान चाहिएकै भएर
पसलभित्र पस्नु होइन
बेचिन तयार सामानहरूको मोहनीमा फस्नु हो।
तर सजिलो छ किन्न यहाँ
कार्ड घोटे चलिहाल्छ जहाँतहीँ
बिलहरू बहुत ज्ञानी छन्
तपाईंको बैंक खातामा सुटुक्कै आइपुग्छन्
एकै पटक तिर्नु पर्दैन
एउटा सामान किन्न पसल छिरे पनि
ठूलो कार्ट भरी सामान नबोकी फिर्नु पर्दैन।

बेच्नेहरूको देश हो यो
यहाँ जे गर्न पनि पैसा चाहिन्छ
तर घरभित्रका छरपस्ट सामानको जात्रा
च्यातिएर, टुक्रिएर र ठुक्रिएर
सडक भरी पोखिएका मनहरुका जात्रा
भने सित्तैमा हेर्न पाइन्छ।

च्याउ सरि छन् जादुगर यहाँ
चटकीहरूको जात्रा हातहातमै हेर्न पाइन्छ।
घैँटामा सातु नभए पनि
घाँटीमा छ ट्याटु
टुटेको छ मन, फुटेको छ सम्बन्ध
तर प्रदर्शनीमा उही अगुवा
जसको मनमा पीडा र कुण्ठाको छ चाम्रो गाँठो
दुनियालाई जिउन सिकाउने उही हुन्छ बाठो।
कहीं ल्याम्बोर्गिनीमा गुडेका कार्टेलहरूको
ड्रग डिलको यात्रा
सडक पेटीहरूमा उपभोक्ताहरूको
भाङमय शिवरात्री जात्रा
आकाश छुने भवनभित्र हुनेखानेका खुराफाती वार्ता
सडक र गल्लीमा नाङ्गो करङ रेटेर
बजाइएको भोकमय संगीतको यात्रा—
कस्तो रमाइलो ठूल्दाजुको स्मार्ट गाइजात्रा !

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x