साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लगनगाँठो नकसेकाहरूको आजादी महागाथा

नबोकेपछि दायित्वको भारी सिमलको भुवा भए होला सम्झे, भ्याए, पुगे, सकेजति सबै उडान भरे होला तर साँचै माया कस्तो हुन्छ, थाहै नपाई मरे होला ।

Nepal Telecom ad

नारायण भट्टराई :

दाम्लो र साङ्गोमा बाँधिने कसम नखाएकाहरूले
स्वयंवरको औँठीले कहिल्यै औँलो नखुइल्याएकाहरूले
ठमेल, भेगस, कलकत्ता, बाली खुलमखुल्ला घुमे होला
युरोपको सम्भोग चिडियाखाना डकारुन्जेल चुमे होला

बिहे नगरी बिना रोकटोक ढुक्कले म्यारिज खेले होला
शोक–सुर्ता मस्तराम जीवन, उरुङ्ग पैसा उडाए होला
मस्तसँग जुवामा जमे होला, खाललाई नै ओछ्यान बनाए होला
बिन्दास पार्टी खोले होला, आजादी दिवस मनाए होला।

मनको आदेशमा हाक्का–हाकी जताततै चरे होला
सगरमाथा भ्याए होला, चन्द्रमाको छातीमा लात्ती बजारे होला
कसैलाई भाग लगाउनु नपरेपछि एक–दुई इन्च त बढे होला
बोका र बाख्रीका हुलमा छिरेर कति मनपरी गरे होला

उही पात्र, उही नाटक दोहोर्याई–दोहोर्याई खेलेनन् होला
आफ्नो सनकमा चले होला, कसैको किचकिच झेलेनन् होला
कामपछि घर नआइ उतै–उतै नाइट क्लब धाए होला
बिक्री हुन हिँडेका मायालुहरू रोजी–रोजी पाए होला

अरूलाई आफ्नो बनाउन आफूलाई बिर्सनु परेन होला
एकल काँटे बिन्दास जीवन, कपाल कहिल्यै झरेन होला
कसैको हुन नखोजेपछि कसैले मेरो भनेन होला
नियम बिथोलेको आरोपमा यमराजले डण्डा त मारेनन् होला

सबै समय आफ्नो मात्र, पल–पल रङ्गीन भए होला
नबोकेपछि दायित्वको भारी सिमलको भुवा भए होला
सम्झे, भ्याए, पुगे, सकेजति सबै उडान भरे होला
तर साँचै माया कस्तो हुन्छ, थाहै नपाई मरे होला ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रेमिल आग्रह

प्रेमिल आग्रह

नारायण भट्टराई
चार ठोक्तक

चार ठोक्तक

नारायण भट्टराई
समयले खोजेको मानव !

समयले खोजेको मानव !

नारायण भट्टराई
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x