साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समयले खोजेको मानव !

बेइमानहरूको कुकर्म विरुद्ध उभिएर सधैं भिड्छ। कसले के भन्छ? त्यो उसको मतलबको कुरा होईन, सबै हुन् मित्र उसका आँखामा; शत्रु भन्ने कोही छैन।

Nepal Telecom ad

नारायण भट्टराई :

भगवान् होइन त्यो मानव, तथास्तु भन्न जान्दैन
ढुंगामा कुँदिएको आकृतिलाई उसले देवता मान्दैन।
काममा विश्वास गर्छ सधैं चाकरी गर्न मान्दैन
बौद्धिकताको पूजारी ऊ, कुरा चपाउन जान्दैन।

आत्मरातिमा रमाउँदैन सच्चा मानव, आलोचनासँग डराउँदैन
आफैँ लेखक, आफैँ समीक्षक, उसका सिर्जनाको मर्म होईन।
एउटा खुला किताब हो त्यो मानव, जसले जे लेखे नि हुने,
ज्यान जाला, हारसँग डराएर ऊ छैन कहिल्यै रुने।

हावासँग बहकिन्न त्यो मानव, ऊ त आफ्नै बाटो हिँड्छ
बेइमानहरूको कुकर्म विरुद्ध उभिएर सधैं भिड्छ।
कसले के भन्छ? त्यो उसको मतलबको कुरा होईन,
सबै हुन् मित्र उसका आँखामा; शत्रु भन्ने कोही छैन।

अहंकारी भनुन् या घमण्डी, मतलब छैन केही
“मान्छेको मन नदुखाऊ” भन्छ उसले देही।
ध्यान, आँट, जोश र जाँगर भए असम्भव केही छैन,
समस्यासँग डराएर भाग्नु उसको कर्म होईन।

०००
ययय

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x