साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गनतन्त्र ?

गन को कति लीकन टाप कसे गन विक्रयका कति भाउ बसे । जति गन्गन गर्नु गरेर बस जति फन्क कि रन्क कि तेल घस जुन अन्तरकुन्तरभित्र पस गनतन्त्र सँगै छ बचेर बस ।।

Nepal Telecom ad

रमेश खकुरेल :

गुणतन्त्र थियो महिमा गुणको
अनि हार थियो सठ दुर्गुणको
व्यवहार थियो मन निश्छलको
उपहार सफा सरिताजलको ।।

न निसाफ कतै पनि मर्न दिने
व्यभिचार कतै न त गर्न दिने
सबका मनमा पनि राम हुने
दुनियाँभरमा पनि नाम हुने ।।

हरि हुन् कि त शङ्कर बुद्ध रहुन्
कि त नानक वा इशु जैन रहुन्
कि खुदा जसले जुन भक्ति गरुन्
सबमा समभाव समस्त छरून् ।।

हुनुतन्त्र थियो शुभ सज्जनको
रुनुतन्त्र थियो सठ दुर्जनको
धुनु दोष दिईकन दण्ड थियो
हुनु देश अखण्ड निबन्ध थियो ।।

हुन ता यतिका सब चीज थियो
तर भित्र सुरुक्क कुहेछ मियो
गुणतन्त्र लुसुक्क हटेर गयो
अब चाहिं यहाँ गणतन्त्र भयो ।।

भनिने त सही गणतन्त्र थियो
सबको मुखमा गनतन्त्र भयो
गन बन्दुक हो जब डङ्ग गर्‍यो
ढुकुटी सजिलैसित टन्न भर्‍यो ।।

अब हेर जता गनकै छ कुरा
गन नोट भनेजति मिल्छ कुरा
गनिने जति पाप नगण्य धुजा
जब चल्छ सुरासित मासु भुजा ।।

गन देश कहाँ कति खण्ड भए
गन मेच कहाँ कति सण्ड बसे
गन को कति लीकन टाप कसे
गन विक्रयका कति भाउ बसे ।।

जति गन्गन गर्नु गरेर बस
जति फन्क कि रन्क कि तेल घस
जुन अन्तरकुन्तरभित्र पस
गनतन्त्र सँगै छ बचेर बस ।।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x