साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेमिल आग्रह

माया कसरी अमर हुन्छ ? समयको गीत गाउनु पर्छ प्राविधिक माया लाउनु पर्छ जमाना प्रविधिको छ जमाना सजिलोको छ जमाना जो जस्तो देखिन्छ, होइन जो जस्तो देखाइन्छ

Nepal Telecom ad

नारायण भट्टराई :

ए भ्यालेन्टाइन
तिमी आयौ ?
ल, आऊ नजिकै आऊ
म सिन्थेटिक धागो बन्छु
तिमी प्लास्टिकको फूल बन
आउ, एउटै मालामा गाँसिएर
एउटा नयाँ प्रेमिल यात्राको सुरुवात गरौँ

दुवै मिलेर मायाको
अजम्बरी माला बनाऔँ
न दुख्ने, न सुक्ने
न ओइलाएर झर्ने
न सजिलै चँडिने
न चाउरिएर बुढिने
कहिल्यै भारी नहुने
हलुका,
जति नै निमोठे पनि
निचोरे पनि
न च्यातिने
न बटारिने

घरमा कतै झुन्ड्याए भयो
मैलो लागे टक्टक्याए भयो
जता फ्याँके भयो, लडाए भयो
उफारे भयो, पछारे भयो
सधैँ–सधैँ किन्नु परेन
फूलका नाममा गोजी खर्चिनु परेन

प्लास्टिकका फूलमा गाँसिएको माया
चाहेर पनि मर्ने भएन
युगौँसम्म साँच्न सकियो
मायाहरूले छोडे पनि
मालामा गाँसिएका फूलहरू
हेरेर हाँस्न सकियो

बिर्सिदेऊ ती फूलहरूलाई
कुइझर्ने फूल साक्षी राखेर
माया कसरी अमर हुन्छ ?
समयको गीत गाउनु पर्छ
प्राविधिक माया लाउनु पर्छ

जमाना प्रविधिको छ
जमाना सजिलोको छ
जमाना जो जस्तो देखिन्छ, होइन
जो जस्तो देखाइन्छ, त्यसको छ

त्यसैले हामी राम्रो जस्तो देखिनु पर्छ
हाम्रो मायाको बन्धनलाई बलियो जस्तो देखाउनुपर्छ
बनावटी मायाको इतिहासमा
भिन्नै नाम लेखाउनुपर्छ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x