साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

ठिटा भन्दा बुढाको दम बढी पाइएको छ बरु एक दुई के जि काजु दैनिक खाइएको छ तिर्खा मेटाउन नसक्नेसँग पिरिम लाइन्न क्या, तस्बिरमा फिल्टर हाल्न जान्ने मुइयाँ चाहिएको छ।

Nepal Telecom ad

नारायण भट्टराई :

१.
लुकाएर होइन पिरिम देखाएर लाइएको छ
उधारोले चल्दैन क्यारे माया हाताहाती चाहिएको छ
चोखो जुठो त समय गुज्रिएका औषधि भैगए
लजालु होइन, हामीलाई त काउकुती लाउने माया चाहिएको छ

२.
कहिले मूलबाटो कहिले चोर बाटो बजार धाइएको छ
खान कै लागी त रैछ नि कसम सबै तिर खाइएको छ
एल ए जान्छु भन्ने बेबीहरु भेगसतिर हानिए पछि
घरकी बेबीहरुलाई पनि कुनै सजिलो बहाना चाहिएको छ।

३.

ठिटा भन्दा बुढाको दम बढी पाइएको छ
बरु एक दुई के जि काजु दैनिक खाइएको छ
तिर्खा मेटाउन नसक्नेसँग पिरिम लाइन्न क्या,
तस्बिरमा फिल्टर हाल्न जान्ने मुइयाँ चाहिएको छ।

४.
प्रदर्शन गर्ने जमाना छ देखाउने एउटा बहाना चाहिएको छ
पोतो छोप्न अनुहारमा एक पाथी फेस मास्क लाइएको छ
आफ्नो भन्दा चोरेको मॊई मिठो लाग्छ क्यारे आजकाल,
भिडियो कलमा नै आहा, भर्चुवल म्याईं खाइएको छ।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x