साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुँडार भागेपछि

फिर्ता दे अब ती सिमा नजिकका, हाम्रा सिपाई कन बद्लामा अब यो हुँडार लगिजा, पर्दैन पैसा दिन। सम्झी देव हुँडारको पुजिरहेस्, भक्ती जनाई कन।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

छोडेछन् जनले हुँडार बनमा, दारा फुकाली कन
आई स्याल जमात यो सडकमा, के भो र रुन्छौ भन।
खान्थ्यो ती बिचरा अवोध पसुको, घाँटी निमोठी कन
बाँच्दा ती बिचरा अवोध पसुले, घाटा भयो के भन।।

होला बुद्वि कता कठैन बिचरा यी स्यालको के भयाे
जोड्ने स्याल हुँडारको समरमा, सन्जाल त्यो के रह्याे।
अर्को जंगलबाट आइ कन जो के के सिकायो कुनि
देखे शान्ति यहाँ खटाउन कबै सक्दैन त्यो वैगुनी।।

अर्काको घर भाँड्छ दुस्मन सधै, आफू बनी सारथी
जान्दैनन् कि कसो यहाँ पसुहरू, सेकाउछन् आरती।
तेरो लाग्छ भने हुँडार ल ल जा, आफ्नै दलान् मा सजा
देला दु:ख सताउला हरघडी, भेट्लास् तबै त: मजा।।

खैरेले कतीसम्म शासन गर्‍यो,टेकेर तेरो सिर
हाम्रो गाउँ पसी हुँडार बटुली, गर्ने नगर अस्थिर।
लैजा दान भयो तँलाइ बिचरा, पर्दैन पैसा दिन
हाम्रा स्याल फकाइ व्यर्थ तलुवा, ढोगाउदैछस् किन।।

फिर्ता दे अब ती सिमा नजिकका, हाम्रा सिपाई कन
बद्लामा अब यो हुँडार लगिजा, पर्दैन पैसा दिन।
सम्झी देव हुँडारको पुजिरहेस्, भक्ती जनाई कन।।

भाग्लान् स्याल उतै पछाडि दगुरी, भागेपछी मालिक।
त्यस्को वंश बिनास नै हुनगए, पुज्लान् उतै सालिक।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x