सुरेशकुमार पाण्डेधानदिवस
विदेशबाट तेह्र करोडको धान बेसाउँछ राज्यले । गमलामा उदघाटन गर्छ नेताले, उनैको प्रसंसा गर्न ताली पिट्न तँ जा म त जाँदैन।"- रामेले आफ्नै जिद्धीमा अडियो।

सुरेशकुमार पाण्डे :
“रामे ! जाने होइन ?”- तारे मुस्कुराउँदै प्रश्न गर्यो।
“कँहा जाने ? “-रामेले सटिकमा प्रतिप्रश्न राख्यो।
“कस्तो भुलक्कड मानिस हो ! हिँजो त्यति भनेर पनि भुसुक्कै बिर्सियाे। आज धान दिवस होइन र ?”-तारेले फेरि पुन प्रश्न गर्यो।
“जाउ यार तिमी मत जाँदैन !”-ऊ निरास हुँदै भन्यो। “किन जाँदैन मै पनि जाँदै छु ; साथीहरू जाँदैछन्। हिँड जाउँ बरू छिट्टै आउँला। यो त राष्ट्रिय पर्व हो !”-तारेले सम्झाउँदै भन्यो।
“केको धान दिवस एउटा खेतको टुक्रा पनि छैन । सानो बारी पनि केही आकाशबाट पानी परे मकै फल्छ कहिले पानी नपर्दा त्यो पनि हरायो। म त देश आत्मनिर्भर हुँदाका दिन बल्ल खुसी मनाउँछु।” -रामे निरास हुँदै आफ्नो दुखेसो पोख्छ।
“हामी पनि त तिमी जस्तै त हौँ ! आज यो राष्ट्रिय धान दिवस भएर पो भनेको।”-तारे आफ्नो जिद्धमा अडियो।
विदेशबाट तेह्र करोडको धान बेसाउँछ राज्यले । गमलामा उदघाटन गर्छ नेताले, उनैको प्रसंसा गर्न ताली पिट्न तँ जा म त जाँदैन।”-
रामेले आफ्नै जिद्धीमा अडियो।
०००
घोराही – १८, दाङ
Subscribe
Login
0 Comments
Oldest







































