साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धजनको गर्ने गरौँ आदर

आमा बाबु फुपू झनै हजुरबा ऐश्वर्य हुन् अन्य यी हाम्रो जीवन बाँच्न निम्ति त्रिफला जस्तै बने औषधी यस्ता यी गुणवान् समग्र दिलका हुन् साँच्चि नै सुन्दर एकै वाक्य म भन्छु वृद्धजनको गर्ने गरौँ आदर ।।

Nepal Telecom ad

कविराज घिमिरे :

ख्वाएथे यिनले बुता बल सबै हुर्काउँदा जीवन
भुल्छौँ हाल नजानिदो किन यहाँ पारेर झुत्रो मन
हाम्रा तागत यी थिए सकलका मिल्थ्यो सधैँ सादर
एकै वाक्य म भन्छु वृद्धजनको गर्ने गरौँ आदर ।। १

डिग्री छैन पढाइको अनुभवी बन्छन् ठुला साधक
यात्री मात्र बुझौँ सबै जन अरू हुन् वृद्ध यी चालक
काँचा ती फलमा मिठास नहुँदा पाका बने अत्तर
एकै वाक्य म भन्छु वृद्धजनको गर्ने गरौँ आदर ।। २

लाग्दा घाम सयेँल राख्न सकियोस् वर्षा हुँदा गेहमा
राम्रो धोइपखाल हेर यिनका मैला हुँदा देहमा
प्यासिन्छन् अनि भोकले छटपटी होलान् बनौँ सारद
एकै वाक्य म भन्छु वृद्धजनको गर्ने गरौँ आदर ।। ३

घोच्ता हुन् कति च्वास्स च्वास्स मुटुमा बोल्दा रुखा बातले
बोलौँ सुन्दर भाव अर्पण गरी बिग्रिन्छ अज्ञानले
यी हुन् स्वच्छ हिमालझैँ धरहरा संसार पार्छन् वर
एकै वाक्य म भन्छु वृद्धजनको गर्ने गरौँ आदर ।। ४

आमा बाबु फुपू झनै हजुरबा ऐश्वर्य हुन् अन्य यी
हाम्रो जीवन बाँच्न निम्ति त्रिफला जस्तै बने औषधी
यस्ता यी गुणवान् समग्र दिलका हुन् साँच्चि नै सुन्दर
एकै वाक्य म भन्छु वृद्धजनको गर्ने गरौँ आदर ।। ५

०००
भक्तपुर
(भबुसास अभ्यास)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x