साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काल्पनिक देशको स्वाहाकार गठन

कहिले फलानो दलको भुँडीदार भोगटे खान्तरी बन्दैछ रे भन्ने सुनिन्छ, कहिले ढिस्कानो सङ्घको दुर्नामचन्द्र दागाधर । कतिबेला यो दलको नेता दुर्गन्धनाथ घुसघरे खान्तरी हुने हल्ला आउँछ कतिबेला त्यो मञ्चको घिचाहालाल गजतने ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

धेरैपछि आज काल्पनिक देशको निर्लज्जधानीमा स्वाहाकार गठनको चर्चा चुलोबाट चुलीमा पुगेको छ । यत्रतत्र सर्वत्र स्वाहाकारकै हल्ला छरपस्ट । चियापसलदेखि खत्तम असलसम्म सबैतिर स्वाहाकार गठनको हल्लाले ब्याप्त भएको छ र हल्लाका अनेक चल्ला पनि आफूखुसी कोरलिएका छन् । प्रभुसमन्तरी महाभ्रष्टेश्वर कलङ्कितको पनि अलि दिन भयो एकछिन फुर्सद छैन । खानेबेलामा भोक छैन अनिद्रामा रोक छैन । कसैसँग झोंक छैन । जसरी भए पनि काल्पनिक देशको हाम्बिधान हो वा बाअनुसार एकदम छिटोभन्दा छिटो एउटा खान्तरिमण्डल गठन नगरी भएको छैन ।

निकम्मा दलका अदक्ष घातबहादुर गँठरे, नलायक दलका छ्याहासचिव हाँडिघोप्टे कालचक्र, पराइभक्त परिषदका केन्द्रिय नेता नकच्चरोकान्त पाउमोले, राष्त्रनाश मञ्चका मुख्य व्यक्ति बदनाम प्रसाद अगस्ती, देश बिगार राष्ट्रिय सङ्गठनका दुर्बक्ता दुच्छरमणी मापाको, घुस कमिसन कुम्ल्याउ सङ्घका शिखरपुरुष दुष्चरित्रा जिद्दिवाली, महापत्रु राजनीति सभाका शुकरिनी कालिकुच्ची आदि दुई दर्जन दलका दलाध्यक्ष तथा परमुख व्यक्तित्वहरू आ-आफ्नो दलको र आ-आफ्नो नाम अनुसारको पौरख देखाउन भन्दै स्वाहाकार गठनको माहोलमा दिगम्बर तरिकाले लागेका छन् ।

जनताहरू हातमुख जोर्ने समस्याले पिरोलिएर अनेक भाँती र भूमरिमा सुमरिदै कोहि गाडीमा, कोहि झाडीमा अकालमा धर्ती छोड्दैछन् । बुढापाका झुप्रामा र युवाजति रोटीको टुक्रामा रुँदैछन् । सबैभन्दा चर्को र कडा रुवाइ काल्पनिक देशको धर्तिको छ जुन केही गर्न नसक्ने अभागी दुखी पीडित शोषित गरिबहरूले बाहेक अरूले सुन्दा रहेनछन् । मात्रै धर्तिको रुवाई जर्ती ठानिएका जनताले र जनताको रुवाइ अति गरिएकी धर्तिले मात्र सुन्दारहेछन् । अनि यहि अवस्थाको नाम रहेछ बिडम्बना ।

राजनीतिको फोहोरी दलदलमा भासिएका निकृष्टतासँग गहिरो नाता गाँसिएका बुद्धि विवेक मासिएका दुष्ट पराइको पाउमा टाँसिएका यता न त्यताका कुहिगन्धे नेताहरूको भेला बैठक भेटघाट छेडछाड घुर्की चुस्की चाप्लुसी लोलोपोतो चोचोमोचो सबै चलिरहेको छ । यतिबेला यसले उसलाई भेट्दैछ । त्यतिबेला त्यसले त्यल्लाई भेट्दै थियो । भरेपछि भरे फेरि छलफल खलबल गलफत्ती गलहत्ती आदिका अनवरत शृङ्खला चली नै रहेका छन् ।

कहिले फलानो दलको भुँडीदार भोगटे खान्तरी बन्दैछ रे भन्ने सुनिन्छ, कहिले ढिस्कानो सङ्घको दुर्नामचन्द्र दागाधर । कतिबेला यो दलको नेता दुर्गन्धनाथ घुसघरे खान्तरी हुने हल्ला आउँछ कतिबेला त्यो मञ्चको घिचाहालाल गजतने । बिहान बिष घुलित मान मर्कट पनि खान्तरी हुने रे भन्ने हल्लाको चल्ला सुनिन्छ, दिउँसो कुहिएको कुँडाकर्कट अनि बेलुका बेशर्मराज भुइँफुट्टाको नाम आउँछ ।
फेरि यहिबेला दक्षिणी दिसामा रहेको छिमेकी देश महाघातका विदेश मन्तरालयका परिचर दुष्कर्मेन्दर छि: छि: पनि एकदम दयापूर्वक असल छिमेकी देशको स्वाहाकार गठनजस्तो महान कार्यमा सघाउन त्यही निहुँमा कताको सिमाना घटाउन भनेर थला मारेरै बसेका छन् ।

सपनामा विपनामा सदासर्वदा घात बाहेक अरू छिमेकीसँग गर्न नजानेको देशको ब्वाँसे सहयोग बुझ्ने पनि उहीँ केही गर्न नसक्ने अभिशप्त भाग्यधारी जनतामात्र रहेछन् । यहि परिदृष्यको करिब एकहप्ता लामो कुराकानी, छुराहानी, भेला रेला खेला, हानाहान तानातान छलफल बात हात लात साथ आदिको महानौटङ्की भएपछि घाँडियो काल्पनिकले आँठ्याचार थुक्यो- देशका महान घातशिरोमणी नेता पूर्णनग्न पापिष्टको नेतृत्वमा नयाँ स्वाहाकार गठन भएको छ । जस अनुसार घुसनाथ धूर्तमन, कमिसनकान्त कोचल्गाँडे, अगस्तिमान हसुरे, कौडेमुन्द्रे कवाडी, दुर्गन्धिता बाइफाले, गणिकेश्वरी महाझुटे, पिडादायी पतरपतर, लुच्चालाल लफङ्गो, कुकर्मकृत काकस्वरे, कुचरित्रा थसुल्ली, पराइपाउ आशिर्वादे आदि गरि २० जनाको एकदम विषधर खान्तरी मन्डल गठन भएको छ ।

नव नियुक्त खान्तरिहरूले काल्पनिक देशको घुस मन्त्रालय, प्रभुस मन्त्रालय, कमिसन मन्त्रालय , पीडक मन्त्रालय, शोषण मन्त्रालय , जनमारा मन्त्रालय, राष्ट्रघात मन्त्रालय, गरिब लखेटन मन्त्रालय, परें टन्न मन्त्रालय, बृद्ध सताउ मन्त्रालय आदि मन्त्रालयहरूको ग्वाम्मेवारी सम्हाल्नु हुनेछ । साथै नवनियुक्त खान्तरिहरूको कुपथ ग्रहण कार्यक्रम अबको साँढे सात दिनमा आइपुग्ने औंसिको गरन लागेको शुभसाइतमा हुनेछ ।

०००
२०८२ जेठ ९
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कारण

कारण

रामकृष्ण ढकाल
साँच्चै हो रहेछ

साँच्चै हो रहेछ

रामकृष्ण ढकाल
भिल्लपुर वाङ्मय

भिल्लपुर वाङ्मय

रामकृष्ण ढकाल
उहाँ त  ह्वाँ ह्वाँ !!

उहाँ त ह्वाँ ह्वाँ...

रामकृष्ण ढकाल
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x