साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊसँगका हाँसो, खुसी र पीडाका पलहरू

विप्लवीहरूले बेडरुमको साँचो खोसेको बेला भित्री लकर–रुमको ताला जबर्जस्ती खोलेको बेला लुकाइएकी लक्ष्मीलाई सोहोरेको बेला – ऊ, अर्थात् ‘क्यामेरा’, हुनु हुँदैन।

Nepal Telecom ad

डा. शरद परासर मरहट्टा :

यता,
गाजल–टीकी पछिको नखरा देखाउन
पास्नी/भात–खुवाईलाई धुमधाम बनाउन
दसैंको निधारको टीका सुरक्षित राख्न
भाइटीकामा बहिनीले लगाइदिएकी
मखमलीको माला अजम्बरी बनाउन —
ऊ नभई हुँदैन।

नयाँ साडीको आँचललाई ढाँचा पारेर घुमाउँदा
भोजको निम्तालु भई
डिनर प्लेटमा अटाइ–नअटाइ परिकारहरू राख्दा
भेट्टाएसम्मका गहनाले लादिएर
विवाहको कार्यक्रममा सहभागी हुँदा
नयाँ सुटमा छोरासँग सिकेर टाइ कस्दा
स्विट सिक्सटिन’को रमझममा किशोर–किशोरीसँग टासिदा
जानी–नजानी गरिएको ‘बेबी सावर’मा उधुम मच्चाउँदा —
उसको उपस्थिति सराहनीय हुन्छ।

घरदेखि विद्यालयसम्म
पूजाकोठादेखि मन्दिरसम्म
अस्पतालदेखि घाटसम्म
श्राद्धदेखि तर्पणसम्म
असन्तुष्टिदेखि आन्दोलनसम्म —
सबै–सबैमा ऊ, अर्थात ‘क्यामेरा’ नभई हुँदैन।

उता,
घरपट्टी साहुनीले अनुहारमा लाली–पाउडर नघसेको बेला
साहुजीले भुँडी पल्टाएर भुईँमा फ्यात्त बसेको बेला
आन्दोलनरत ‘जेन–जी’हरू घरभित्र स्वाट्ट पसेको बेला
विप्लवीहरूले बेडरुमको साँचो खोसेको बेला
भित्री लकर–रुमको ताला जबर्जस्ती खोलेको बेला
लुकाइएकी लक्ष्मीलाई सोहोरेको बेला –
ऊ, अर्थात् ‘क्यामेरा’, हुनु हुँदैन।

भइहाल्यो भने, ‘ऊ’सँग घरपट्टीको विद्रोह हुन्छ।
घरपट्टीले ‘ऊ’लाई ‘क्यामेरा’ भन्दैन
‘ए.आई.’ भन्छ।
क्यामेराको उत्पादनलाई फोटो भन्दैन
‘खोटो’ भन्छ।

०००
नर्थ क्यारोलिना, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
झ्यालबाहिरको रौनक

झ्यालबाहिरको रौनक

डा. शरद परासर मरहट्टा
‘निरो’का बाँसुरी सुन्नेहरू

‘निरो’का बाँसुरी सुन्नेहरू

डा. शरद परासर मरहट्टा
लुतो फालिस् तैँले ?

लुतो फालिस् तैँले ?

डा. शरद परासर मरहट्टा
भानुसँगको वार्ता

भानुसँगको वार्ता

डा. शरद परासर मरहट्टा
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
0
Would love your thoughts, please comment.x
()
x