साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झ्यालबाहिरको रौनक

आमा, झुक्याउँदै आएका पुरानाहरूको भिड घरबाहिर आएजस्तो छ, झ्याल खोलेर हेर्नुहोस् त, आफू ‘सार्वभौम’ हुनुको आत्मरति बाँड्ने पाँचवर्षे मेलाको रौनक छाएजस्तो छ।

Nepal Telecom ad

डा. शरद परासर मरहट्टा :

आमा,
झ्याल खोलेर हेर्नुहोस् त,
घरबाहिर नानाभाँति देखिन्छ।
यसपटक फेरि चटकेहरूको
ताँती देखिन्छ।

पर–परबाट
पुरानाहरूको भिडले
जबर्जस्ती सौम्य बनाइएका शब्दहरूमा
आसुरी गीत सुनिन्छ,
सहर जलाउँदै रमिता हेर्ने
निरोको बाँसुरीको संगीत सुनिन्छ।

हेर्ने नै हो भने,
कहिल्यै सुरु नहुने
योजनाहरूको लामो सूची देखिन्छ,
खोला नभएको ठाउँमा पुल बनाएपछि
आकाशका तारा झार्ने रुचि देखिन्छ।

सुन्ने नै हो भने,
बुद्धलाई माथ गर्ने उक्ति सुनिन्छ,
वायुसँग मितेरी गाँसी
घर उज्यालो पार्ने जुक्ति सुनिन्छ।

दीर्घकालीन रणनीति बुझ्दा
रामायणको ‘राम’लाई
घरज्वाइँ बनाउने सपना देखिन्छ,
भित्रभित्रै गरेका ‘काम’लाई
फाइलभित्रै राख्ने जपना देखिन्छ।

पुरानाहरू त चिनिएका ‘कर्कलो’ नै भए,
केही–केही नयाँहरूको पनि गजबको ढाँचा देखिन्छ
फिल्मी शैलीमा पटक–पटक
अमुक अनुहारहरूलाई पहाड चढाउने
अचम्मको वाचा सुनिन्छ।

तामझामको अहिलेको यो लहरमा
मधेशको धूलो नदेखेका राजकुमारहरूले
बेँसी झरेर जादु देखाउँदै गर्दा,
पहाडको चिसो नभोगेका राजकुमारीहरूले
उकालोमा पसिना झार्दै गर्दा,
गाउँ–बस्तीमा नमूना–नमूनाका रंगकर्मीहरूको मेला देखिन्छ,
बिजुली नपुगेको ठाउँमा मनोरञ्जन दिने
सर्कसका पात्रहरूको रमाइलो भेला देखिन्छ।

आमा,
झुक्याउँदै आएका पुरानाहरूको भिड
घरबाहिर आएजस्तो छ,
झ्याल खोलेर हेर्नुहोस् त,
आफू ‘सार्वभौम’ हुनुको आत्मरति बाँड्ने
पाँचवर्षे मेलाको रौनक छाएजस्तो छ।

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
ऊसँगका हाँसो, खुसी र पीडाका पलहरू

ऊसँगका हाँसो, खुसी र...

डा. शरद परासर मरहट्टा
‘निरो’का बाँसुरी सुन्नेहरू

‘निरो’का बाँसुरी सुन्नेहरू

डा. शरद परासर मरहट्टा
लुतो फालिस् तैँले ?

लुतो फालिस् तैँले ?

डा. शरद परासर मरहट्टा
भानुसँगको वार्ता

भानुसँगको वार्ता

डा. शरद परासर मरहट्टा
0
Would love your thoughts, please comment.x
()
x