साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहमति

संसद चल्दैन भने रिसोर्टमा पुगेर चलाऔँ कुरो मिलेन भने अर्को दिन बस्ने सहमति गरौँ कसैले बिरोध गरे सके कठालो समातेर घिच्याउँ नसके विदेशी दलाल भन्दै चिच्याउँ ।

Nepal Telecom ad

राजकुमार लामिछाने :

आउनुहोस् साथीहरू
सहमति गरौँ !

विरोधीहरूलाई धिकार्दै
समर्थकहरूलाई पुकार्दै
फेरि नयाँ सहमति गरौँ
ज्वाइँलाई मुख्यमन्त्री
छोरीलाई महिलामन्त्री
सालोलाई गृहमन्त्री बनाउँ

श्रीमतीलाई कुटनैतिक प्रमुख
ससुरालाई संवैधानिक आयोग
काकालाई राजदूत
मामालाई ठेक्कापट्टा
डनहरुलाई अङ्गरक्षक
आसेपासेलाई सल्लाहकारमा
मनोनयन गरौँ !

महत्त्वपूर्ण स्थानमा
आफन्तले भरौँ
अर्थतन्त्र हाम्रै पेवा हो
पालैपालो मोज गरौँ
हप्तैपिच्छे भोज गरौँ
अनि भोजमा पनि
केके खाने सहमति गरौँ !

जनतासँग भोट माग्दा
आकाश पातालको कुरा गरौंँ
मज्जाले भ्रम छरौँ
अघिल्लो चुनावपछि
हामी त्यसै हराएका होइनौँ
ब्यस्तताले नभ्याएको भनौँ
देश डुब्दैछ भनी अलापौँ
राष्ट्रियता धरापमा छ भनी फलाकौँ

संसद चल्दैन भने
रिसोर्टमा पुगेर चलाऔँ
कुरो मिलेन भने
अर्को दिन बस्ने सहमति गरौँ
कसैले बिरोध गरे
सके कठालो समातेर घिच्याउँ
नसके विदेशी दलाल भन्दै चिच्याउँ

अनि निरन्तर जारौँ
सहमतिका लागि सहमति
असहमतिका लागि सहमति
दिनैपिच्छे सहमति
महिनैपिच्छे सहमति
बर्षैपिच्छे सहमति ।
इति

०००
हेटाैँडा- ४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
उस्तै उस्तै

उस्तै उस्तै

राजकुमार लामिछाने
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x