साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकासको फल हेर्ने भए

रमाइरहेका छौं यिनै विकासे फल ताँकी हाम्रा यी उन्नतिमा विदेशीका आँखा नलागुन् अब दशगजामा थोत्रा जुत्ता झुण्ड्याउन मात्र छ बाँकी।

Nepal Telecom ad

राजकुमार लामिछाने :

सोचेर बिचार गर्ने भए
विकासको फल हेर्ने भए
आउनोस् हेरौं हाम्रा पोलहरूलाई
त्यसमा झुन्डिएका बोलहरूलाई

विदेशमा पोलहरू ठड्याइँदैन
होल्डरमा बोल पनि अड्याइँदैन
तारैतारको गुजुल्टो पनि घेरिँदैन
पार्टीका झण्डा र तुल पनि बेरिँदैन
सबै अण्डरग्राउण्डबाटै गरिन्छ रे !
भित्रभित्रै विकासले भरिन्छ रे !
त्यस्तो गतिले कहिले देश बन्ने हो ?
छोपेर राखेकोलाई कसरी विकास भन्ने हो ?

हाम्रो देशमा
लुकाएर होइन सबैले देख्ने गरी
फुकाएर विकास भएको छ
बीच सडकमै पोलहरू ठडिएका छन्
नबले पनि बोलहरू अडिएका छन्
पोललाई तारैतारको गुजुल्टाले घेरिएको छ
फुकाउनै नसक्ने गरी चारैतिरबाट बेरिएको छ
तिनै तारका गुजुल्टामाथि बसेर
हड्डी ठुङ्दै कोवाले मुख मिठ्याएको छ
अझ रङ्गिन र सुन्दर बनाउन
चराचुरुङ्गीले त्यसैमा बिस्ट्याएको छ

फिल्टर गरेर सास फेर्ने भए
अरू पनि विकास हेर्ने भए
एक दर्जन माक्स भिर्नुहोस्
संघीय राजधानी छिर्नसहोस्

परमधाम पितृलाई परलोक पठाउन
दागबत्ती दिने पवित्र स्थान त्यहीँ छ
पुरानो पिनास पुक्लुक्कै पार्ने
प्रसिद्ध बागमती नदि त्यहीँ छ
सडक आज खन्यो भोली टालिन्छ
फोहोरको थुप्रो सडकमै फालिन्छ
के छैन राजधानीमा? सबथोक पाइन्छ
एक घन्टाको बाटो चार घन्टा लाग्छ
जाम खाएर टन्न अघाइन्छ

अर्गानिक नाटक हेर्ने भए
मनको धोको फेर्ने भए
मनोरञ्जन कर तिर्नुहोस्
संसद भवन छिर्नुहोस्

हुन्छ भन्ने पट्टुहरू पनि भेटिन्छन्
हुँदैन भन्ने छट्टुहरू पनि भेटिन्छन्
नाङ्गै नाच्ने लङ्गुरहरू पनि भेटिन्छन्
कुर्सी भाच्ने बङ्गुरहरू पनि भेटिन्छन्
कुरै नबुझी ताली पिट्नेहरू पनि भेटिन्छन्
कुरो बुझेर दाँत किट्नेहरू पनि भेटिन्छन्

सबैतिर भ्रमण गर्ने भए
अरू पनि प्रगति हेर्ने भए
विकासे चस्मा किन्नुहोस्
मुस्ताङे गाडीमा हिड्नुहोस्

हाम्रा राजमार्गहरूले
गुणस्तरीय पाउडर छरिरहेका छन्
नदीहरूले समेत विदेश भ्रमण गरिरहेका छन्
भएका जग्गा जमिनमा लहलह
वनमारा र कास फूलेर ढल्न थालेको छ
विभिन्न नाका र गौँडागौँडामा
किलोका किलो सुन फल्न थालेको छ
रमाइरहेका छौं यिनै विकासे फल ताँकी
हाम्रा यी उन्नतिमा विदेशीका आँखा नलागुन्
अब दशगजामा थोत्रा जुत्ता झुण्ड्याउन मात्र छ बाँकी।
इति

०००
हेटौंडा- ४
लेखक जय सिस्नुपानी मकवानपुरका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सहमति

सहमति

राजकुमार लामिछाने
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
उस्तै उस्तै

उस्तै उस्तै

राजकुमार लामिछाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

नयाँ ड्राइभर आयो केही...

रणबहादुर बुढाथोकी ‘भैया’
गुनासो

गुनासो

हेमराज पन्त
सावधान ए निर्दयी समय !

सावधान ए निर्दयी समय...

अनिता काेइराला
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x