ढाकामाेहन बरालभित्ताका कार्टुनहरु
प्रत्येक नयाँ कार्टुनहरुलाई उत्सुकता पूर्वक हेर्दछ्न् केही आसा र भरोसाले तर आखिर कार्टुन न हुन कसैले बनाइदिएका कसैले चलाइरहेका बनिरहन्छ्न् भत्किरहन्छ्न् ।
ढाकामोहन बराल :
भित्ताका कार्टुनहरु
फेरि रहन्छ्न् आफ्ना रुप
फर्केर दायाँ र बायाँ ।
कुचिकारहरु रातमा आउँछ्न
वा रिमोट कन्ट्रोलरबाट टाढैदेखि बनाउँछ्न्
तर बिहानै झिसमिसेमा फेरिन्छ्न् कार्टुनहरु ।
चिसो र तातो
हावा चलिरहन्छ शहरमा
कार्टुनका रङ्गहरु भरिन्छन् र उप्किन्छन् ।
हरेक झिसमिसेमा
आँखाले स्वाद पाउँछन्
नौला नौला कार्टुनहरुको ।
दर्शकले तुलना गर्नु पर्दैन
भित्ताका कार्टुनहरुले
हो कार्टुनहरुले
आफ्नो सुन्दरताको आफैं व्याख्या गर्दछ्न् ।
सुन्दरताको व्याख्या गर्दा गर्दै
अलप हुन्छ्न् कार्टुनहरु
भित्तामा देखिन्छन् नयाँ
हाँसेका कार्टुन ,
नाचेका कार्टुन,
रौद्र मुद्राका कार्टुनहरु ।
बोल्ने कार्टुनहरु
बोलिरहन्छ्न्
र बोल्दा बोल्दै हराउँछ्न् ।
सिँहदरवारको
विशाल क्यानभासमा
कोरिएका कार्टुनहरु
क्रमशः बनिन्छ्न्
र बिलाउँछ्न् ।
रमाउछ्न् एक हात उफ्रेर
कार्टुनका वरिपरीका
अनगिन्ती धमिराहरु ,
कमिलाको प्वाँख पलाएर
बनेका धमिराहरु
र हराउँछ्न कार्टुनहरुको अन्तर्धानसँगै ।
हराएका कार्टुनहरुका
उडेका रङ्ग सम्हालेर
बसेकाहरु पनि
निरन्तर प्रयास गरिरहन्छ्न्
नयाँ कार्टुन बनाउँन
र निरन्तर छिर्के हान्दै
अँगालो मारिरहन्छ्न् ।
वर्षौं देखि हेरिरहे पनि
प्रत्येक नयाँ कार्टुनहरुलाई
उत्सुकता पूर्वक हेर्दछ्न्
केही आसा र भरोसाले
तर आखिर कार्टुन न हुन
कसैले बनाइदिएका
कसैले चलाइरहेका
बनिरहन्छ्न्
भत्किरहन्छ्न् ।
०००
पोखरा- ७ मासबार, कास्की
Subscribe
Login
0 Comments
Oldest






































