साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्रतबन्ध

आफ्नो बाउलाई देखे पछि टिकाराम तर्फ हेर्दै भन्यो "गुरु हाम्रो ड्याडीको पनि व्रतबन्ध गरैदिउँ न उहाँको त जनै नै छैन ।"

Nepal Telecom ad

ढाकामोहन बराल

“ल यो सधैं लगाउनु पर्छ ।” टिकारामले भन्नु भयो ।
“सधैं ?” उसले प्रश्न गर्यो ।
“हो सधैं, अब कहिले पनि नफाल्नु ।” टिकारामले थप जोड दिनु भयो ।

घर निम्तालुहरुले भरिभराउ थियो । ध्वजापतकाले जग्गे सजिएको थियो । पुजा सामाग्री, फलफूल, फूल, कलस आदिले भरिएको थियो जग्गे । आमा, काकी , माइजू र फुपूहरुको भित्र बाहिर चहल पहल थियो । निम्तालुहरु व्रतबन्ध गरिने बटुकलाई भिक्षा दिन चामल र मस्यौराको पोको लिएर समयको प्रतीक्षामा थिए । पण्डित भएर आउनु भएका टिकारामजी बटुकलाई जनै धारण गर्न सिकाउँदै हुनुहुन्थ्यो । बटुकको लागि आजका सबै दृश्य नौला थिए ।

“गुरु यो पुरानो भए पछि के गर्ने ?” उसले आफूलाई लगाउन दिएको जनै देखाउँदै सोध्यो।
उसको बालसुलभ प्रश्न सुनेर सबै हाँसे ।

टिकारामले भन्नु भयो “पुरानो भयो, चुँडियो भने मामुसँग मागेर अर्को लगाउनु पर्छ । अब व्रतबन्ध भए पछि छोड्नु भएन ।”

उसले यताउती हेर्यो । आफ्नो बाउलाई देखे पछि टिकाराम तर्फ हेर्दै भन्यो “गुरु हाम्रो ड्याडीको पनि व्रतबन्ध गरैदिउँ न उहाँको त जनै नै छैन ।”

०००
पाेखरा ७ मासबार ,कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
अत्याधिक

अत्याधिक

ढाकामाेहन बराल
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x