साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तन

यताउती स्याउस्याउति चोरहरू बडे अरकाको रचनालाई तोड्मडोर गरे उसैको छ बोलबाला सम्नेल र मञ्च राम्रा सच्चा लेखक चै बनेका छन् लन्ठ ।

Nepal Telecom ad

किरण रिजाज (अन्जान) :

कसरी पो भन्नु अझै होला परिवर्तन
ढुक्क परी बस्नु कैले, कैले होला मन
पैले झै पो नबनुन् बादर झै चकचक
विकासको मार्ग तिर चलुन् टकटक।

रासनले पेट भर्ने रिति अब चलुन्
कामकुरो झटपट गर्ने खाल्को बनुन्
बिकासको तल्ला अब थप्दै थप्दै जाऊँ
भरोसाको डोरीलाई टुट्न अब नदिऊँ ।

नाताबाद कृपाबाद चाकडीबाद हटोस्
संसदको टेवल कुर्सी अब न भाचोस्
धुन्धुकारी स्याल मोरा सबै मरुन् अब
देश द्रोह गर्नेहरू फाँसी चडुन् अब ।

साहित्यमा पनि त्यसै घुन्दुकारी जाग्छन्
सघाउने कहाँ हो कहाँ रनभुल्ल पार्छन्
गर्न छोड्नु पर्यो झै छ साहित्यको रहर
फोहोर डण्गुर पसेर पो बनी सक्यो कहर ।

यताउती स्याउस्याउति चोरहरू बडे
अरकाको रचनालाई तोड्मडोर गरे
उसैको छ बोलबाला सम्नेल र मञ्च
राम्रा सच्चा लेखक चै बनेका छन् लन्ठ ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

किरण अन्जान
चुनाव आयो

चुनाव आयो

किरण अन्जान
पाँच ठोक्तक

पाँच ठोक्तक

किरण अन्जान
कसले सुन्छ ?

कसले सुन्छ ?

किरण अन्जान
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x