साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डुंगा भित्र पानी पसेछ

नाम लिँदा पनि सातौँ पल्ट मुख कुल्ला गर्नु पर्ने उही मान्छे आज विडम्बना मञ्चमा पो बसेछ ।

Nepal Telecom ad

किरण अन्जान रिजाल :

मझधारमा पुगेपछि डुंगा भित्र पानी पसेछ
लाग्छ महोदय कसैले पक्कै जालझेल गरेछ ।

ऊ त घण्टौँ चरालाई चारा फेंक्न मस्त रह्यो
तर भिखारीको तर्फ भने एकपटक नजर घुमेनछ ।

पिउँदा जीवन बर्बाद हुन्छ भन्ने उही नै थियो
लौ आज उही नै नालानालामा लडि हिँडि रहेछ ।

नाम लिँदा पनि सातौँ पल्ट मुख कुल्ला गर्नु पर्ने
उही मान्छे आज विडम्बना मञ्चमा पो बसेछ ।

स्वर्ग झैं घर लात मारेर हिँडेको थियो उसले त
आज गुन्द्रुकको झोल र ढिँडो सम्झेर तड्पिएछ।

०००
विराटनगर – १

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

किरण अन्जान
परिवर्तन

परिवर्तन

किरण अन्जान
चुनाव आयो

चुनाव आयो

किरण अन्जान
पाँच ठोक्तक

पाँच ठोक्तक

किरण अन्जान
कसले सुन्छ ?

कसले सुन्छ ?

किरण अन्जान
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x