साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नियत नफेरिएकाहरू

समय बदलियो उनीहरु बदलिदैनन् परिस्थिति बदलियो यथास्थितिमै रमाउँछन् !! छ्या ! कस्तो सत्ता लिप्सा! कस्तो शक्तिमोह ! जय भोला ! देश र राजनीति कहिले सुध्रिने होला ??

Nepal Telecom ad

केशव दुवाडी :

जुट्छन्
गाला चाटाचाट गर्छन्
फुट्छन्
गाँड कोराकोर गर्छन्
मिल्दा
सबै क्रान्तिकारी
बाझ्दा
सबै विदेशी दलाल दक्षिणपन्थी
आफूले गर्दा
गठबन्धन
अरुले गर्दा ठगबन्धन !
एउटै मान्छे
कहिले राम जस्तो
कहिले रावण जस्तो
अहो नेपाली राजनीति
पिँध बिनाको लोटा जस्तो !
कहिले
नाम फेर्छन्
कहिले
ठाम फेर्छन्
कहिले
झण्डा फेर्छन्
कहिले चिन्ह फेर्छन् !
नाम फेर्छन्
काम फेर्दैनन्
नियम फेर्छन्
नियत फेर्दैनन्
नीति फेर्छन्
नेता फिरिन्नन्!
कुरा ठूला
भाषण ठूला
दम्भ ठूला
घमन्ड ठूला !
समय बदलियो
उनीहरु बदलिदैनन्
परिस्थिति बदलियो
यथास्थितिमै रमाउँछन् !!
छ्या ! कस्तो सत्ता लिप्सा!
कस्तो शक्तिमोह !
जय भोला !
देश र राजनीति
कहिले सुध्रिने होला ??

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लोकतन्त्र पुराण

लोकतन्त्र पुराण

केशव दुवाडी
झोला र झोले !

झोला र झोले !

केशव दुवाडी
नजाउँ कोरिया !!

नजाउँ कोरिया !!

केशव दुवाडी
धन त जसरी पनि कमाउनु पर्छ

धन त जसरी पनि...

केशव दुवाडी
फुर्सद खै ?

फुर्सद खै ?

केशव दुवाडी
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x