साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चतुर ज्योतिषीको फन्दा, ख्वै चमेराको अण्डा ?

कथित तान्त्रिकलाई पनि भगवानको बिल्ला चढाउने अन्धभक्तहरु आफू लुटिएको भने पत्तो पाउँदैनन् र तन-मन-धन त्यस्ता ढोंगीतिर चढाउँदा यता घरघरमा चिन्ता छाएको छ।

Nepal Telecom ad

अमर अधिकारी :

पल्लोघरका कार्की काका निकै सिधा र इमानदार मान्छे, कसैको पनि आँखामा नबिझाउने। उनी गाउँमै हँदा एकजना थापाकाजीको छोरीसँग विहे भएको थियो। कार्की काका शिक्षण पेशाबाट अवकाश भएको पाँचवर्ष मात्र भएको र उनले पेन्सन् लिँदै श्रीमतीलाई बुझाउने रहेछन् हरेक महिना अरुहरुले बुझाए झैँ। श्रीमती चाहिँ अरुअरुको कुरा सुन्दै शंकैशंकामा उनीहरुले भनेको कुरा मान्दै आइरहेकी थिइन्। कुन चाहिँ फटाहाले कर्केनी काकीलाई सुनाइदिएछन्- “तिम्रो बुढो त सडकतिर गएर तरुनी हेरेर बस्ने गर्छन्, ज्यतिषीको सहारा लेऊ ! ठीक हुँदैजान्छ।“  ज्याेतिषी पनि उनै फटाहाले सिफारिस गरे वमोजिम एकदिन कर्कीनी काकी लागिन् पशुपतितिर बस्ने ती ज्योतिषीकोमा।

ती ज्योतिषीले चर्को शुल्क लिने मात्र होइन तारेख दिएँ झैँ घरिघरि ती कर्कीनी काकीलाई बोलाइराख्दा रहेछन्। ज्योतिषी पनि के कम् ? कार्कीको नकारात्मक कुराहरु बर्बराउँदै गए कर्कीनी काकीलाई। कर्कीनीको मन सियोले घोँचे झै झन चसक्क चसक्क हुँदैगयो। एकदिन ज्योतिषी पसलबाट कर्कीनी काकी घरमा आएर कार्की काकालाई हेर्दै नहेरि व्याग भुइँमा हुत्याएर हातमुख धुन लागिन्। किन कि ज्योतिषीले उनको वुद्धि भुट्ने मेलोमेसोको शुरुआत गरिसकेका थिए श्रीमानको बारेमा नकारात्मक कुरा बताएर। त्रिकालदर्शकी अर्थात् भुत-भविष्य-वर्तमान बताउने भनिएका ती ज्योतिषीले विशेषगरी महिलाहरु त्यसमध्ये गृहिणीहरुलाई अनेक बहानामा फन्दामा पार्न सिपालु रहेछन् भन्ने कुरा कताकतै सुनिएको थियो।

चतुर ज्योतिषीले अनेक विधिहरु गर्न लगाएर महिलाहरुबाट कमाएको अथाह धनसम्पत्तिले काठमाडौँमै छ तलाको भवन बनाइसकेका रहेछन्। पहिला पहिला लखरलखर पैदल हिँड्ने ती चतुर ज्योतिषीले गाडी समेत किन्न भ्याइसकेका रहेछन् सोझा गृहिणीहरुबाट लुटिएको धनको लगानी गरेर। कार्की काकालाई ठाउँमा ल्याउनका लागि ती ज्योतिषीले कर्किनी काकीलाई कहिले पाखुरामा यो बाँध्नु, कहिले कम्मरमा यो बेर्नु, कहिले घाँटीमा यो लट्काउनु भनेर मनगढन्ते जन्तर दिँदारहेछन्। कहिले कुन अंगमा त कहिले कुन अंगमा बाँध्न लगाउने र ती बुटी भनिएका अर्थात् जन्तर भनिएका कपोलकल्पित वस्तु बिकाउँदै आएर ज्योतिषी मनग्यै कमाएका रहेछन् र आफ्ना छोराछोरीहरु विदेशमा पढ्न समेत पठाइसकेका रहेछन्।

ती ज्योतिषीले कहिले स्यालको सिङ, कहिले कालो विरालोको नाल, कहिले घोँडाको नालको प्रयोग गर्न लगाउदा रहेछन् कर्किनी काकीलाई। साथै “घरमा फलिफाप हुन्छ र मालामाल भइन्छ” भन्दै ती ज्योतिषीले भालुको पित्त, कस्तुरीको बिणा, लाटोकोसेरोको आँखा र अन्य चराचुरुंगीका नंग्राहरु र बाघका दाह्राहरु भन्दै अनेक वस्तुहरु महंगोमा विक्री हुने गर्दथ्यो ज्योतिषीको आवरणमा धन्दा चलाउने ती व्यापारीहरुबाट। लोपोन्मुक पशुपन्छीका अंगहरु सक्कली हुन्थे वा नक्कली उनै चतुर ज्योतिषीले नै जान्दथे। घरमा धनैधनको थुप्रो लाग्छ भन्दै कहिले सर्पको खुट्टा र त कहिले चमेराको अण्डा पनि दिदा रहेछन् तिनले। चमेरा स्तनधारी चरा हो भन्ने हेक्का पनि थिएन कर्कीनी काकीलाई। ताल न बेतालका वस्तुहरु महंगो मूल्यमा भिडाउँदै भटाभट धन आर्जन गर्दैआएका ती ज्योतिषीले भने वमोजिम कर्कीनीको घरमा न धन वर्षा भयो न त पारिवारिक सुखशान्ति नै। चतुर ज्योतिषीकोमा घरिघरि जाँदै नचाहिँदा काल्पनिक वस्तु किन्दै ल्याउँदै श्रीमानको पेन्सन त्यतैतिर चढाउँदै गरिन् कर्कीनी काकीले।

आखिर अरुको कुराहरु सुनेर सोझा र इमानदार श्रीमानलाई नराम्रो नजरले हेरि नै आइन् उनले। उनी अरुको भनाइमा लागेर चतुर ज्योतिषीकोमा घरिघरि दक्षिणा र मूल्य चढाउँदा चढाउँदा घरमा केही पनि परिवर्तन भएन। समाचारहरुमा आए अनुसार काठमाडौँमा असीप्रतियशत नक्कली ज्योतिषी छन् भन्ने कुराको जानकारी पनि रहेनछ कर्कीनी काकीलाई। तर उनले फलिफाप नभएको कुरा चतुर ज्योतिषीलाई कहिल्यै बताउने आँट गर्न सकिनन्, किन कि उनी पूर्ण विश्वस्त थिइन् ज्योतिषीप्रति। चमेराको अण्डाले हुने फलिफापले कामै नगरे पनि उनले ज्योतिषीलाई “खोई त चमेराको अण्डा?” भनेर सोध्न सकिनन्। श्रीमतीको चर्तिकला देखेर कार्की काका सहेर नै बसिरहे। कोहीकोही छिमेकीहरुले चाहिँ कर्कीनी काकीको कुरा मज्जाले काटि नै रहे।

अर्काकी श्रीमतीसँग आँखा जुधाइजुधाइ उफ्रीउफ्री नाच्ने थलो पनि छ काठमाडौँमा, जसलाई आध्यात्मिक थलो पनि भनिन्छ। कसैकसैले त्यसलाई रेडलाइट एरिया पनि भन्नेगर्छन्। धर्मको नाममा यहाँ विकृतिहरु धेरै नै छन्। केटीलाई केटा बनाउने र केटालाई केटी बनाउने जन्तर-मन्तर मजाले विक्री भैरहँदा सरकारले कानमा तेल हालेर बस्छ उता नक्कली जोगी जिउभरी खरानी घस्छ। पाखण्डी जोगीहरुको जगजगी र अन्धभक्तहरुको बिगबिगी कहिलेसम्म हो ? घरको काम लथालिंग छोडेर हिँड्ने गृहिणीहरुको घैँटामा घाम कहिले लाग्ला ? काम कुरो एकातिर कुम्लो बोकी धाम र आश्रमतिर। कथित तान्त्रिकलाई पनि भगवानको बिल्ला चढाउने अन्धभक्तहरु आफू लुटिएको भने पत्तो पाउँदैनन् र तन-मन-धन त्यस्ता ढोंगीतिर चढाउँदा यता घरघरमा चिन्ता छाएको छ।

धर्मको नाममा विगतका सरकारहरुमा बस्नेहरुले किन कारवाही गर्नसकेनन् ? भनेर यस्सो विचार गरेको त नेताहरु पनि त्यस्ताका अखडामा गएर आशिर्वाद लिदारहेछन्। चुनावताका त्यस्ता अखडालाई भोट बैंकको रुपमा प्रयोग गर्दा रहेछन्। भारतमा झैँ नेपालमा पनि करोडपति-अर्बपति जोगीका आश्रमलाई भोट बैंक बनाएको देखेर नेपालकाले पनि भारतकाबाट नक्कल गरिहाल्छन् अरु अरु गतिविधिहरुको नक्कल गरे झैँ।
हरि ॐ तत्सत् !

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
आफै जालमा फस्यौँ

आफै जालमा फस्यौँ

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x