साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नजाउँ कोरिया !!

खेती गर्ने पाखे हुने समयमा मल खाद नपाउने नेता, मन्त्री र सरकार सधैँ जिब्रो चपाउने देशका युवा विदेश धपाउने रेमिटेन्सबाट देश चलाउने भ्रष्टाचारबाट कुस्त कमाउने !! छ्या ! कस्तो गन्हाउने !!

Nepal Telecom ad

केशव दुवाडी :

बाको खुर्पिठ्याकको आवाज
आमाले जाँतो घुमाएको घ्वाइँ
सखारै कानमा परेपछि
मिर्मिरे उषाको शीतमा
चराहरुको गीतमा
बेसी गोठमा हामी जान्थ्यौँ।

भाउजूहरु पँधेरामा
भाले नबास्दै पुग्थे
दुई प्रहर रात बाँकी छँदै
ढिकीमा धान भकुर्थे ।

बेसीबाट फर्केपछि
तातो ढिँडो निल्दै
चिसै हातले किताव च्यापेर
खाली खुट्टा दौडिँदै विद्यालय पुग्थ्यौँ ।

दुखम सुखम जीवन चलेकै थियो
ढिँडो, रोटो
ककरी मकरी
आक्कल झुक्कल चामलको भात
बेसाउन परेको थिएन
नून भुटन
लत्ता कपडा सबै चलेकै थियो ।

तर खै कस्तो अग्रगमन आयो !
पढेपछि खेती गर्न नहुने
दुई खुट्टामा खोल हालेपछि
गोबर सोहोर्न नहुने
घाँस पात कुँडो पानी छुनै नहुने !!

दूध खानु पर्ने
गाई भैँसी पाल्न जाँगर नचल्ने
चामलको भात खान पर्ने
आली लगाउन नखोज्ने
काम भन्दा कुरा बढी गर्नु पर्ने
शिक्षा प्रणाली कस्तो कस्तो
सधैं बेरोजगार उत्पादन गर्ने ?

“बहुदल” भन्ने सधैँ बाउलाई दल्ने
अल्छी तिघ्रो स्वादे जिब्रो चल्ने
श्रम नगर्ने विदेशको भ्रममा रमाउने
कोदालो फाल्ने
आन्दोलनको मसाल समाउने !!

खेती गर्ने पाखे हुने
समयमा मल खाद नपाउने
नेता, मन्त्री र सरकार सधैँ जिब्रो चपाउने
देशका युवा विदेश धपाउने
रेमिटेन्सबाट देश चलाउने
भ्रष्टाचारबाट कुस्त कमाउने !!
छ्या ! कस्तो गन्हाउने !!

त्यसैले हे युवा !!
एक पटक ठण्डा दिमागले सोच
यही धर्तीमा सुनचाँदी छ
हीरा मोति छ
पढेका छौ त के भो ?
पढेको मान्छेले त जागिर खाने हैन नि !!
रोजगार सृजना गर्ने हो ।
नयाँ प्रविधि सिक
शीप र जाँगर चलाऊ
आफ्नै माटोमा पसिना बगाऊ
जोत आफ्नै खोरिया
नजाऊ कोरिया !!

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियत नफेरिएकाहरू

नियत नफेरिएकाहरू

केशव दुवाडी
लोकतन्त्र पुराण

लोकतन्त्र पुराण

केशव दुवाडी
झोला र झोले !

झोला र झोले !

केशव दुवाडी
धन त जसरी पनि कमाउनु पर्छ

धन त जसरी पनि...

केशव दुवाडी
फुर्सद खै ?

फुर्सद खै ?

केशव दुवाडी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x