साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोला र झोले !

व्यक्ति एक झोला अनेक त्यस पछि झोला बदनाम भयो व्यक्ति बददान भए । झोला भन्दा झोले हावी भए नीति भन्दा नेता हावी भए जनता भन्दा झोले हावी भए !!

Nepal Telecom ad

केशव दुवाडी :

झोला र झोलेको
अन्योन्याश्रित सम्बन्ध छ
झोला नभए झोले कसरी
झोले नभई झोला कसरी ?
सिलोट र चकटी बोकेर
दौराको फेरले
लाज छोप्दै
बाहुलाले सिँगान पुछ्दै
धुली धूसर भएर पाठशाला जाने म
किताब किन्न त पैसा थिएन
झोला कसरी किन्नु र झोले हुनु !!

मेरो गाउँमा
चप्पल र झोला
समृद्धिको सूचक थियो
कुम्लो कुटुरो र झोली तुम्मा
विपन्नताको पहिचान
तर मसँग त केही पनि थिएन
किताब पनि थिएन ।
धुलोमा कखरा लेखेर अक्षर चिनेको
आमाले भन्थिन् :
गरीब भएर झोला नकिनेको !!

जाली झोला
सुर्कने झोला
तने झोला
भिर्ने झोला
चेन झोला
पछि ब्याग झोला
तर हामीलाई
कागलाई बेल !
हातमा किताबको चाङ बोक्यो
स्कूल गयो
दैनिक चार घन्टा
भक्कुचूर कुदेर ।

दशम कक्षा कटे पछि
विद्यालय छाड्ने प्रमाण पाए पछि
धेरै पढ्ने आसा बोक्दै
राजधानी लागियो
कुम्लो कुटुरो बोके
भक्कु चप्पल पड्काउँदै
झोला कहाँ पाउनु !
साहुको काम पाए पछि
किनमेल गर्न जाँदा खेरि
नाइलनको झोला बोकियो
हत्केलामा डाम बस्ने गरी
बल्ल बल्ल
साहुलाई खुसी पारे पछि
कलेज जान थाले पछि
एउटा अर्धानो झोला मिल्यो
जडाउरी झोला !

बहुदल आए पछि
पार्टी छ्यापछ्याप भए पछि
बर्खाको च्याउ जस्तै एनजीओ उम्रिपछि
झोला छ्यास्छ्यास्ती !!
पार्टीको झोला
एनजीओको झोला
विभिन्न संघहरुको झोला
सहकारीको झोला
बारको झोला
उद्योग वाणिज्यका झोला
एउटै व्यक्ति
पत्रकारको झोला बोक्ने
पार्टीको झोला बोक्ने
विद्यालयको झोला बोक्ने
एनजीओको झोला बोक्ने ।

व्यक्ति एक झोला अनेक
त्यस पछि झोला बदनाम भयो
व्यक्ति बददान भए ।
झोला भन्दा झोले हावी भए
नीति भन्दा नेता हावी भए
जनता भन्दा झोले हावी भए !!

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियत नफेरिएकाहरू

नियत नफेरिएकाहरू

केशव दुवाडी
लोकतन्त्र पुराण

लोकतन्त्र पुराण

केशव दुवाडी
नजाउँ कोरिया !!

नजाउँ कोरिया !!

केशव दुवाडी
धन त जसरी पनि कमाउनु पर्छ

धन त जसरी पनि...

केशव दुवाडी
फुर्सद खै ?

फुर्सद खै ?

केशव दुवाडी
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x