साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अत्याधिक

“अत्याधिक सङ्ख्यामा भए पछि कसरी पुर्‍याउने, जति फुटाल्न पनि मिल्ने भएपछि । त्यहाँ नटाएर घर मर्मत शीर्षकमा रकम लिएर आफ्नै घरमा पनि बस्छ्न् ।” उनले भने ।

Nepal Telecom ad

ढाकामोहन बराल :

“ल बधाई छ है माड्साब ।” खरिदारले भने ।
“राजाको घोडा मेरो हि हि … चुप लाग्नुहोस् ।” मैले सुब्बा रवाफ देखाँए ।
“जे भए पनि ठूलो मानिसको छिमेकी हुन पाउनु भएको छ ।” उनले जिस्क्याए ।

आफूलाई भने जहिले पनि सुरक्षाकर्मीले बाटो छेकेर साँघुरो गल्लीबाट निस्केर समयमा कार्यालय पुग्न मुस्किल पर्न थालेकोले भित्रबाट रिस उठिरहेको थियो ।
“हैन सबै एकै ठाउँमा राख्ने भनेका होइनन् र गल्ली गल्लीमा छन् त ।” खाजाको पैसा तिरेर कार्यालयतर्फ जाने तरखर गर्दै मैले भने ।

“अत्याधिक सङ्ख्यामा भएपछि कसरी पुर्‍याउने, जति फुटाल्न पनि मिल्ने भएपछि । त्यहाँ नटाएर घर मर्मत शीर्षकमा रकम लिएर आफ्नै घरमा पनि बस्छ्न् ।” उनले भने ।
“हामी जस्तालाई त समस्या हुने नि ।” मैले भने ।

“हामीलाई समस्या भएर के भयो ? उनीहरूलाई रमाइलो भएको छ । मन्त्री त हुनै पर्ने हो एकपटक ।” हाँस्दै उनले भने ।
“के गर्नु त हाम्रा बाहरुले पढ् मात्र भन्नुभयो । यसो डन हुन पनि सिकाएको भए हामी पनि मन्त्री भइन्थ्यो होला नि ।” कार्यालयको कुर्ची तानेर बसें र काम गर्न थालेँ ।

०००
पोखरा -७ मासबार, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
कमरेडको चौरासी

कमरेडको चौरासी

ढाकामाेहन बराल
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x