साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली रचना वाचन, बहस तथा सम्मान कार्यक्रम

"बुढ्यौली साहित्य किन ?" विषयमा भएको बहसमा साहित्यकार डा. नवराज रिजाल, साहित्यकार डा. खिलप्रसाद बराल तथा साहित्यकार राजाराम बर्तौला सहभागी थिए।

Nepal Telecom ad

मकवानपुर, हेटाैडा । बुढ्यौली साहित्य समाज मकवानपुरको आयोजना तथा हेटाैँडा उपमहानगरपालिकाको प्रवर्धनमा रचना वाचन, बहस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

यस क्रममा विराटनगरका बाबुराम पोखरेल, सर्लाहीका लम्बोदर काफ्ले, सिन्धुलीका केशवकुमार फयाल, बाराका इसहाक हुसैन तथा मकवानपुरका डी. बी, किसन पौडेल, माधव पोखरेल, पुरुषोत्तम आचार्य, जनार्दन खनाल, ओम भण्डारी, भवानी तिमल्सिना, सञ्जित श्रेष्ठ, मिथिला अधिकारी, सम्प्रस पौडेल तथा अजर फुयाँल गरि १५ जना सर्जकले आआफ्ना फुटकर कविता, मुक्तक तथा गजल सुनाएका थिए ।

“बुढ्यौली साहित्य किन ?” विषयमा भएको बहसमा साहित्यकार डा. नवराज रिजाल, साहित्यकार डा. खिलप्रसाद बराल तथा साहित्यकार राजाराम बर्तौला सहभागी थिए। बहस कार्यक्रमको सहजीकरण कोषाध्यक्ष अनिता न्यौपानेले गरेकी थिइन् ।

तुल्सी थापा स्मृति सम्मान-२०८२ साहित्यकार रामचन्द्र आचार्य `फुर्सती´लाई `फेरि पनि कुर्णेस´ तथा `तीन खोले दोभान´ हास्य व्यङ्ग्यात्मक कृतिद्वारा साहित्यमा पुर्‍याएको योगदानवापत अर्पण गरिएको थियो । सम्मानित व्यक्तित्व बारे उपाध्यक्ष राजकुमार लामिछानेले प्रकाश पारेका थिए ।

सचिव सुवास खनालले सञ्चालन, सदस्य रमेशमोहन अधिकारीले स्वागत तथा अध्यक्ष आर.सी. रिजालले सभाध्यक्षता गरेको यस कार्यक्रमको प्रमुख आतिथ्य हेटाैँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाले गरेकी थिइन् ।

०००
रमेशमाेहन अधिकारीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x